सूर्योदयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ « Khabarhub

सूर्योदयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो ।

उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैंक खाता खोलेर दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने भएको छ । 

विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए। उक्त कार्यक्रममा कक्षा एकदेखि छ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्  । नगरपालिकाले  सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैंक र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैंक लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको छ ।

कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैंक खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका एक हजार ५० र संस्थागत विद्यालयका दुई हजार दुई सय विद्यार्थीले बैंक खाता खोलिसकेको युवा, खेलकुद तथा शिक्षा शाखाप्रमुख योगनिधि भट्टराईले बताए ।

उक्त नगरपालिकामा एक क्याम्पस, ६३ वटा सामुदायिक विद्यालय, ३० वटा संस्थागता विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ५२ बजे

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित

काठमाडौं– विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष (आव) मा पनि

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने