सूर्योदयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ « Khabarhub

सूर्योदयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो ।

उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैंक खाता खोलेर दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने भएको छ । 

विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए। उक्त कार्यक्रममा कक्षा एकदेखि छ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्  । नगरपालिकाले  सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैंक र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैंक लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको छ ।

कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैंक खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका एक हजार ५० र संस्थागत विद्यालयका दुई हजार दुई सय विद्यार्थीले बैंक खाता खोलिसकेको युवा, खेलकुद तथा शिक्षा शाखाप्रमुख योगनिधि भट्टराईले बताए ।

उक्त नगरपालिकामा एक क्याम्पस, ६३ वटा सामुदायिक विद्यालय, ३० वटा संस्थागता विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ५२ बजे

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक