सामूहिक बलात्कारमा परेकी बालिका प्रदेश अस्पताल रिफर « Khabarhub

सामूहिक बलात्कारमा परेकी बालिका प्रदेश अस्पताल रिफर


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

मुगु– सामूहिक बलात्कारमा परेकी मुगुको छाँयानाथ रारा नगरपालिका-१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।

स्वास्थ्य  सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अपस्तालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ। 

कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न आएकी थिइन्। अस्पतालमा उपचार सम्भव नभएपछि (ओसिएमसी) कार्यक्रम अन्तर्गत बालिकालाई पुस २३ गते प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवि केसिले बताइन्। 

बालिका अहिले प्रदेश अस्पतालको (ओसिएमसी) अन्तर्गत फाँटमा रहेकी छन्।  छायाँनाथ रारा नगरपालिका-५ कार्कीवाडाका छाँयानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढी मुगुमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ आँसिधाराका २२ वर्षीय बसन्त रोकाया र अन्य केही १४ वर्षका बालकले १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेका थिए। 

सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले बताए।

१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ५४ बजे

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु

निर्णायक क्षणमा राष्ट्र र आन्दोलनको पक्षमा उभिन शंकर पोखरेलको आह्वान

काठमाडौं – नेकपा (एमाले) का नेता महासचिव पदका उम्मेदवार शंकर

एमाले महाधिवेशनमा मतदानको तयारी, प्रतिनिधि लामबद्ध (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि