थारु समुदायमा माघीको हर्षोल्लास « Khabarhub

थारु समुदायमा माघीको हर्षोल्लास


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरका थारु समुदायमा माघी पर्वको हर्षोल्लास छाएको छ । थारु समुदायले सबैभन्दा ठूलो पर्वकारुपमा मनाउने माघीले गाउँबस्तीमा खुसियाली छाएको छ । पर्वका अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमको आयोजना गरेर स्थानीय जमघट भइरहेका छन् ।

नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन् । माघ १ गतेदेखि सुरु भएको पर्व महिनाभर मनाइने गरिएको भीमदत्त नगरपालिका–१८ विजय चौधरीले बताए ।

“माघीको पहिलो दिन बिहानै नजिकैको जलाशयमा गएर स्नान गरिन्छ”, उनले भने, “आजदेखि विधिवत्रुपमा सुरु भएको माघी यो महिनाभर हर्षोल्लासका साथ मनाइन्छ ।” उनकाअनुसार पुसको अन्तिम दिन थारु समुदायले घरघरमा सुँगुर काट्ने चलन छ । जसलाई ‘जिता मरना दिन भनिन्छ ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने गरिएको भीमदत्त नगरपालिका–१८ भगतपुरका दीपक चौधरीले बताए ।

थारु समुदायमा माघीमा गाइने गीतलाई ‘धमार’ र नाचिने नृत्यलाई मघौटा नाच भनिन्छ । युवापुस्ताको मौलिक संस्कृति आकर्षण नहुँदा पछिल्लो समय यी संस्कृति लोप हुँदै गएकामा थारु अगुवा चिन्ता व्यक्त गर्छन् ।
“अचेल नाचगानका लागि डिजे बजाउँछन् । युवा पुस्तालाई मौलिक संस्कृतिको वास्ता छैन”, चौधरीले भने, “त्यसैले हाम्रो पहिचान बोकेको संस्कृति विस्तारै हराउँदै गएको देखिन्छ ।”

माघेसङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आएर दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिने चलन छ ।

माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन रहेको वेदप्रकाश चौधरीले बताए । “विवाह गरेर गएका छोरीचेलीहरु माघीमा माइत आउँछन्”, उनले भने, “माघीको दिन नुहाएर आइसकेपछि निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ ।”

उनका अनुसार माघीमा घरबाट टाढा गएकाहरु पनि घर फर्किएर धुमधामका साथ पर्व मनाउने गर्छन् । माघको पहिलो दिनको बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाएर घरपरिवार र पाहुना बसेर खानपिन थारु समुदायले गर्छन् । माघीमा परिवारको वार्षिक योजना बनाउने, विवाह, अंशबन्डादेखि वर्षभरि खेतीबाली लगाउनेलगायतका घरायसी काममा जिम्मेवारी बाँडफाँट गर्ने चलन छ ।

माघीमा अधिकांश स्थानमा आपसी सहमतिबाट एक वर्षका लागि मुखिया छनोट पगर्ने प्रचलन पनि थारु समुदायमा छ । माघको दोस्रो दिन खिचडी बनाएर खाइन्छ । यसलाई ‘खिचरहवा’ भनिन्छ । माघीको दिन स्नानगरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता रहिआएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : ०५ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो