स्मार्टफोन रातभर चार्जमा छोड्दा के हुन्छ ? | Khabarhub Khabarhub

स्मार्टफोन रातभर चार्जमा छोड्दा के हुन्छ ?


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले हाम्रो अधिकांश समय स्मार्टफोनमा नै बितिरहेको हुन्छ । फोनमा नै बढी समय बित्ने भएकाले कुनै खाली समय पायो कि फोन चार्जमा राख्ने गर्छौँ ।

त्यसमा पनि धेरैको बानी हुन्छ रातभरि फोन चार्जमा राखेर सुत्ने । रातभरि फोन चार्जमा राखेर सुत्दा बिहान सय प्रतिशत चार्ज देख्दा धेरैको मन फुरुंग हुने गर्छ कि अब त जति मोबाइल चलाए पनि हुने भयो ।

तर, फोन सय प्रतिशत हुँदासम्म चार्ज गर्नु गलत हो । आफ्नो फोनको ब्याट्री सुरक्षित राख्न फोनलाई ८० देखि ९० प्रतिशतसम्म मात्र चार्ज गर्नु पर्छ  ।

फोन रातभरि चार्ज गर्नु नै हुँदैन यो पुरै सही वा गलत भनेर भन्न सकिन्न । अहिलेका स्मार्टफोनमा प्रोटेक्टिभ चिप्स पनि हुन्छन् । जसले फोनको ब्याट्रीलाई ओभरलोड हुन दिँदैनन् ।

यस्तोमा फोनमा म्यानुफ्याक्चरिङ डिफेक्ट छैन वा फोन निकै पुरानो नहुँदासम्म ओभर चार्जका कारण समस्या हुने सम्भावना कम नै हुन्छ ।

स्मार्टफोनहरूमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हुन्छ । त्यसैले फुल चार्ज हुने बित्तिकै, स्मार्टफोन चार्ज हुन बन्द हुन्छ ।

फोन रातभर चार्जमा छोडियो भने प्राकृतिक रूपमा घट्ने चार्ज तत्कालै रिकभर हुन्छ । जसले गर्दा ब्याट्रीमा स्ट्रेस बढ्छ । यही कारणले फोनको ब्याट्रीको क्षमता पनि घट्दै जान्छ ।

कतिपय फोनहरू फास्ट चार्जका कारण धेरै तात्ने गर्दछन् र चार्ज प्लगमा विद्युत् निरन्तर जाने आउने भइरहेको छ भने त्यसलाई अफ गर्नु नै उपयुक्त हुन्छ ।

यस्तो समयमा राती हाई भोल्टेज आएको अवस्थामा फोन पड्किने र आगो लाग्ने सम्मको सम्भावना रहन्छ ।

छिनछिनमा चार्जमा जोड्ने र निकाल्ने गर्नु हुँदैन । छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा पनि ब्याट्रीको आयुमा नकारात्मक असर पर्न सक्छ ।

मोबाइलमा कति हुँदा र कति सम्म चार्ज गर्ने ?
२० प्रतिशत ब्याट्री बाँकी छँदा मात्रै चार्जमा जोड्ने गर्नुपर्छ र ८० प्रतिशत पुग्ने बित्तिकै चार्जबाट हटाउने गर्नुपर्छ ।

राति चार्जमा राख्नै पर्ने अवस्था आए के गर्ने ?
यदि रातभर मोबाइल चार्जमा छोड्नै पर्ने अवस्था आयो भने चार्जमा राख्नु अघि स्विच अफ गर्नु पर्छ यसो गर्दा ब्याट्रीमा अनावश्यक भार पर्दैन ।  

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ६ : २१ बजे

मन्त्री शर्माको आग्रह- प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा

सुरुङ छिचोल्न प्रधानमन्त्री लगिएको सुनकोशी-मरिन आयोजना कस्तो ?

काठमाडौं – प्रधानमन्त्री पुष्पमकल दाहालले सिन्धुलीको सुनकोशी गाउँपालिकामा पुगी राष्ट्रिय

कानून दिवस मनाइयो

काठमाडौं– नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्‍यो : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु,