‘विश्व सामाजिक मञ्च’ को बैठक बस्दै « Khabarhub

‘विश्व सामाजिक मञ्च’ को बैठक बस्दै


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व सामाजिक मञ्चको १६औँ बैठक आज सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतसहित विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधिहरू सहभागी हुने छन् ।

स्विट्जरल्याण्डको डाभोसमा वार्षिक रूपमा आयोजना हुने विश्व आर्थिक मञ्चको विकल्पका रूपमा मञ्चलाई  विकास गरिएको दाबी गरिएको बैठकमा सातवटै महादेशका प्रतिनिधिले भाग लिने बताएको छ ।

‘अर्काे विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ७ गतेसम्म चल्ने बैठकमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइँसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल केन्द्रित हुने बताइएको छ ।

सम्मेलनमा नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, पितृसत्ता, जातजाति, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल र बहस हुने सम्मेलन व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै, वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबारे पनि छलफल हुनेछ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ६ : ३८ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको