साहित्य समाजले गर्‍यो पूर्वप्रधानमन्त्री चन्दको स्वागत, आज नागरिक अभिनन्दन गरिँदै   « Khabarhub

साहित्य समाजले गर्‍यो पूर्वप्रधानमन्त्री चन्दको स्वागत, आज नागरिक अभिनन्दन गरिँदै  


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मदन पुरस्कार विजेता, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले स्वागत तथा सम्मान गरेको छ ।

साहित्यकार एवम् पूर्व प्रधानमन्त्री चन्दको बिहीबार हुने नागरिक अभिनन्दन मूल समारोह समितिले अभिनन्दन गर्न लागेको पूर्वसन्ध्यामा बुधबार सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्वप्रधानमन्त्री चन्दले आफ्नो राजनीति भन्दा साहित्यमा झुकाव रहेको बताउँदै साहित्य समाजभित्र मदन पुरस्कार विजेता स्रष्टाहरू रहेकाले सुदूरपश्चिमको भाषा, साहित्य, कला , संस्कृतिको उन्नयनमा योगदान पुगेको बताए ।

देशमा कोही भन्दा कोही कम नरहेको बताउँदै उनले सर्जकहरूले देश हाँक्न संस्कृति र साहित्यको उन्नयन गरिरहे बताए । सबै तह र तप्काका सुदूरपश्चिमवासीहरूले यसको विकासका लागि एक भएर लाग्नु पर्ने बताउँदै उनले सुदूरपश्चिमको भाषा, साहित्य, कला, संस्कृति र इतिहासको उन्नयन गर्न सबैले लाग्नु पर्ने बताए ।

उनले वरिष्ठ साहित्यकार एवम् सामाजिक धार्मिक अभियन्ता अध्येता पद्मराज जोशीले स्थापना गरेको पद्म प्रभात प्रतिष्ठान र डोटेली भाषाका चलचित्रहरूका निर्देशक खड्क बहादुर मल्लको परिकल्पनामा शुभारम्भ हुन लागेको काली कर्णाली क्षेत्रको मौलिक संस्कृति उजागर अभियान शृखला ’क’ को पनि समारोहमा समुद्घाटन गरेका छन् ।

त्यसैगरी सुदूरपश्चिम साहित्य समाजका निवर्तमान अध्यक्ष तथा मदन पुरस्कार विजेता रामलाल जोशीले सुदूर पश्चिमाञ्चल साहित्य समाजको भवनमा बनेको स्थानको जमिन चन्द प्रधानमन्त्री हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानको सुदूरपश्चिममा शाखा खोलियोस् भन्ने अभिप्रायले संघीय प्रज्ञा प्रतिष्ठानको नाममा दुई विगाह १७ कट्ठा जमिन सरकारद्वारा प्रदान गराएको जानकारी गराए ।

त्यस्तै समाजका अध्यक्ष तीर्थराज पाण्डेयले राजनीतिको सर्वोच्च पदमा पुगेपछि धेरैले साहित्य साधना छोड्ने गरेको बताउँदै वरिष्ठ साहित्यकार चन्दले साहित्यिक साधनलाई निरन्तरता दिइरहेको बताए ।

सुदूरपश्चिमको भाषा साहित्य संस्कृति र कलाको उन्नयन होस् भनेर गरेको योगदानकै कारण सुदूरपश्चिम साहित्य समाज आफ्नै तीनतले भवनसम्म आई पुगेर साहित्य सिर्जना र सांस्कृतिक उन्नयनमा कटिबद्ध हुन सकेको उनले बताए । योगदानको लागि उहाँको सम्मान र स्वागत गरिएको अध्यक्ष पाण्डेले बताए ।

वरिष्ठ कवि प्राज्ञ वासुदेव पाण्डेयले कवितामार्फत सम्मान स्वागत र प्रशंसा गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले राजनीतिमा सदाचारको पर्याय चन्दको स्वागतमा प्रत्यक्ष सहभागी हुन पाउँदा खुसी लागेको बताइन् ।

उनले सबै राजनेता र राजनीतिकर्मीहरूले उन जस्तै भाषा, साहित्य, कला र संस्कृतिका लागि गरेको योगदानबाट सिक्नुपर्ने बताइन् ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पद्म प्रतिभा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डिल्लीराज फुलाराले साहित्य साधनामा तल्लीन राजनेता भएकै कारण उहाँ निर्विवाद रहनुका साथै स्वच्छ छवि बनाउन सफल भएको बताए ।

उनले सफल राजनीतिज्ञको अभिनन्दन हुनु प्रशंसनीय कार्य भएको बताउँदै राष्ट्र सेवाबाट निवृत्त भएपछि वरिष्ठ साहित्यकार एवम् सामाजिक सांस्कृतिक अभियन्ता अध्येता पद्मराज जोशीले आफ्नो भविष्यका लागि बचत गरेको पन्ध्र लाखको अक्षयकोष स्थापना गरेर यस क्षेत्रको लोक संस्कृति, साहित्य र इतिहासको अन्वेषण गरी प्रकाशनलाई टेवा पुर्‍याउन कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले जानकारी गराए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १२ : २५ बजे

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको

इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त

तेलअभिभ- इरानले शनिबार गरेको आक्रमणपछि इजरायलको तेल अभिभ सहरमा कम्तीमा

कांग्रेसले आयोगलाई भन्यो : प्रचारमा चुनाव चिह्न र राष्ट्रिय झण्डाको प्रयोग रोक्नू

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा