काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियालाई सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए । अन्य ब्याट्सम्यानले सम्झन लायम प्रर्दशन नगर्दा नेपाल १३२ रनमा समेटियो ।
पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको नेपालका लागि दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए । नामिबियाको धारिलो बलिङ सामु नेपालले रन जोड्न निकै संर्घष गर्नुपर्यो । नेपालका कप्तान रोहित शर्मा एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए ।
नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट भए । कुशल मल्लले १५ रन बनाउँदा सोमपाल कामी २ रनमा आउट भए । गुलसन झाले २१ रन बनाउँदा पवज सर्राफ १२ रनमा पभेलिएन फर्किए । करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहे ।
नामिबियाका गिर्हाड इरासमुसले ५ विकेट लिए । १३३ रनको विजयी लक्ष्य पाएको नामिबिया केही बेरमा जवाफी ब्याटिङमा उत्रनेछ । यो आईसिसी क्रिकेट विश्वकप लिग २ को उद्घाटन खेल हो । सन् २०२७ मा हुने विश्वकपका लागि ८ टोलिले लिग २ मा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया