पुस्तक संकलन गरी लुम्बिनी शिक्षा निकेतनमा पुस्तक मेला | Khabarhub Khabarhub

पुस्तक संकलन गरी लुम्बिनी शिक्षा निकेतनमा पुस्तक मेला


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको मायादेवी–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनका विद्यार्थीहरूले पुस्तक मेला लगाएका छन् । सरस्वती पूजाको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले एक विद्यार्थी एक पुस्तक संकलन गरी विद्यालय परिसरमा पुस्तक प्रदर्शन गरेका हुन् ।

सैद्धान्तिकभन्दा पनि अन्य पुस्तकहरू पढ्नमा प्रेरित गर्न, अतिरिक्त पुस्तकहरूको पढ्ने बानीको विकास गर्न र पछिल्लो समय विद्यार्थीहरूमा पुस्तकप्रतिको रुचि घट्दो अवस्थामा पुस्तक मेलाले विद्यार्थीहरूमा पढाइप्रति रुचि अभिवृद्धि गर्ने विश्वासका साथ विद्यार्थीहरूकै सक्रियतामा पुस्तक मेला आयोजना गरिएको हो ।

विद्यार्थीहरूले ल्याएका साहित्य, सांस्कृतिक, धार्मिक र ऐतिहासिक लगायतका विभिन्न विधाका पुस्तकहरू विद्यालयले संग्रह बनाई पुस्तकालयमा राख्ने विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले जानकारी दिए । अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई उपयोगी सबै उमेरलाई सुहाउने प्रकारको उपयोगी पुस्तक मेलाका लागि संकलन भएको छ । ऐतिहासिक पुस्तकहरू पनि विद्यार्थीहरूले संग्रहको रूपमा ल्याएका छन् । संकलित सबै पुस्तकहरू विद्यालयले सम्पत्तिको रूपमा राखी दर्ता र नामाकरण गरी संरक्षण गर्ने छ । विद्यार्थीहरूले खाली समयको सदुपयोग गर्ने, सैद्धान्तिक शिक्षा भन्दा बाहिरका विषयवस्तुको ज्ञान बढाउन र अभिभावकहरूले पनि अध्ययन गर्न पाउने छन् ।

कोर्स बाहिरका किताबले सिकाइमा अहम् भूमिका खेल्ने र यी पुस्तकले अध्यापनलाई सजिलो बनाउने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द ज्ञवालीले बताए । मेलाले विद्यार्थीको पठन संस्कृति विकास हुने पुस्तकबाट बढी भन्दा बढी फाइदा लिन सक्नु पर्ने अध्यक्ष ज्ञवालीले भने । मेला पश्चात् संकलित पुस्तक विद्यार्थी, अभिभावकहरूले सहजै पढ्न पाउने व्यवस्था विद्यालयले मिलाउने र थप पुस्तकहरूको संग्रह बढाउँदै लैजानेछ । पुस्तकालयले विद्यार्थीलाई पाठ्यपुस्तकसहित बाहिरी ज्ञान लिन सजिलो हुने अध्यक्ष ज्ञवालीले भने ।

विद्यालयले शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने गरेको छ ।  लुम्बिनी शिक्षा निकेतन बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको उत्कृष्ट विद्यालयको रूपमा रहेको छ । ९ सय बढी विद्यार्थी रहेको विद्यालयमा बाल विकास देखि कक्षा १० सम्मको अध्यापन हुने गरेकोमा कक्षा ११ र १२ संचालनको लागि पालिकामा निवेदन दिएको छ ।

यस्तै श्री पञ्चमी अर्थात् सरस्वती पुजाको अवसरमा भैरहवा लगायत शैक्षिक संस्थाले सामूहिक पूजापाठ गरेका छन् । अधिकांश शैक्षिक संस्थाले पुजाको अवसर पारेर नि:शुल्क भर्ना लगायतका सुविधा दिई सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पूजा, भक्ति अनि आराधना गराउँदै साना साना भाइबहिनीहरूलाई अक्षराम्भ गर्दै सरस्वती पूजा मनाएका छन् ।

विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरूले आ-आफ्ना कलासाधनाका उपादानहरू कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गरेका छन् । यही दिन बालबालिकालाई अक्षर आरम्भ गराउने सर्वोत्तम दिन मानेर पठनपाठन पनि सुरु गराउने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्री पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने, विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने र आजैको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  २ : १३ बजे

पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप

काठमाडौं – पाकिस्तानको हैदरावाद जिल्लामा सञ्चालन गरिएको पोलियोविरुद्धको खोप अभियानमा

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर

माथिल्लो तामाकोशीमा दुईजनाको शव फेला

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा लेदोसहित

चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

काठमाडौं – चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका

अमेरिकाबाट काठमाडौंका लागि उडे ओली

अमेरिका – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी