शीर्षक्रमका ब्याट्सम्यान नचल्दा नेपालको हार | Khabarhub Khabarhub

शीर्षक्रमका ब्याट्सम्यान नचल्दा नेपालको हार


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नामिबियासँगको हारपछि नेपालका कप्तान रोहितकुमार पौडेलले शीर्षक्रमका ब्याट्सम्यानले जिम्मेवारी लिन नसकेको बताएका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा आज नामिबियासँग ४ विकेटले हारेपनि कप्तान पौडेलले यस्तो बताएका हुन् । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले खेलमा सुरुको ४५ मिनेट महत्वपूर्ण हुने बताए ।

नेपालका ओपनर कुशल भुर्तेल इनिङकै पहिलो बलमा डक आउट भएका थिए । नेपालको सुरु राम्रो नभए पनि पछिल्लो क्रमले इनिङ्सलाई सम्हाल्नुपर्नेमा त्यसो हुन नसकेको कप्तान पौडेलले तर्क गरे । नेपालका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार ब्याटिङ नगर्दा ४१.१ ओभरमा १३२ रन बनाउँदा अल आउट भएको थियो ।

नेपालका प्रशिक्षक मोन्टी देशाईंले नेदरल्याण्ड्सविरुद्ध खेल्दा आज भएका कमजोरी सुधार गरेर आउने बताए । आज टप अर्डरका ४-५ ब्याट्सम्यानले लिम्मेवारी नलिदा कम स्कोर भएको उनको भनाई थियो । २३० देखि २४० सम्म स्कोर बनाउन सकेको भए नतिजा पक्षमा ल्याउन सकिने उनले बताए ।

कुशल मल्ल र भीम सार्कीले पाँचौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । प्रशिक्षक मोन्टी देशाईका अनुसार यो साझेदारी केही ठूला हुनुका साथै अर्को एउटा राम्रो साझेदारी भएको भए खेलको अवस्था फरक पर्ने बताए ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग हार्‍यो नेपाल

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : २३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले