प्रचण्डलाई सोध्नुपर्ने प्रश्न : चौधरीले ९७ करोड खाइदिएकै हो ? « Khabarhub

प्रचण्डलाई सोध्नुपर्ने प्रश्न : चौधरीले ९७ करोड खाइदिएकै हो ?


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदमा उभिएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले त्यस क्रममा केही सीमित, छानिएका प्रश्नको जवाफ दिनेछन् । तर, सडक र चिया पसलमा उठ्ने प्रश्नहरू प्रधानमन्त्रीसम्म पुग्दैनन् । पुगे पनि त्यसको जवाफ दिने ठाउँ प्रधानमन्त्री दाहालसँग छैन ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं केपी ओली र प्रचण्डको ‘किचेन क्याबिनेट’ सम्म पुगेका व्यक्ति हुन् भन्ने कुरा त मार्सी चामलको सहभोजनले नै स्पष्ट पारिसकेको छ । तिनै प्रसाईँले केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको एक अर्ब खाएको आरोप लगाएका छन् । यसो भनेवापत न प्रसाईंमाथि कारबाही भएको छ, न त ओलीमाथि छानबिन । त्यस्तै आरोप प्रसाईंले प्रधानमन्त्री प्रचण्डमाथि पनि लगाएका छन् ।

गत साता प्रसाईंले विदेशबाट एक नेपाली चेलीको उद्धारपछि युट्युबरहरुसँगको कुराकानीका क्रममा प्रचण्डमाथि गम्भीर आरोप लगाएका थिए । प्रसाईँले भनेका थिए–

‘प्रचण्डको राखन–धरन गर्ने ठाउँ बसन्त चौधरीकोमा थियो । बसन्त चौधरीसँग प्रकाश दाहालको सम्बन्ध कसरी थियो भने विना मगरलाई भगाएका बेला बसन्त चौधरीले घर दिएका थिए । त्यही बसन्त चौधरीको घरमा प्रकाश दाहाल बस्थे । त्यो नाताले गर्दा बाबु प्रधानमन्त्री भएपछि कमाएको ९७ करोड रुपैयाँ सबै बसन्त चौधरीसँग थियो । त्यो खाइदियो बसन्त चौधरीले । प्रचण्डको ९७ करोड रुपैयाँ बसन्त चौधरीसँग छ ।’

अब प्रचण्डलाई यो प्रश्न सोध्नुपर्ने भएको छ– तपाईँका छोराबुहारी बसन्त चौधरीले उपहार दिएको अपार्टमेन्टमा बसेका हुन् कि होइनन् ? हुन् भने त्यसको वास्तविकता के हो ? बसन्त चौधरीले ९७ करोड रुपैयाँ खाएका हुन् कि हैनन् ? हुन भने त्यो रकमको स्रोत के हो ?

प्रधानमन्त्री प्रचण्डलाई सोध्नुपर्ने अर्को प्रश्न– बाँसबारी छालाजुत्ता कारखानाको सम्पत्ति हडपेको आरोपमा अरुण चौधरीलाई सीआइबीले कारबाही अघि बढाउँदा ‘दबाब थाम्न सकिएला र ?’ भन्दै तपाईं डराउनुको कारण के थियो ? कतै यसमा पुरानो आर्थिक सम्बन्धले त काम गरेको होइन ? अनि अरुण चौधरी छुटेलगत्तै दाजु विनोद चौधरी दिल्ली गएका थिए । ठूलो शक्तिबाट सरकारलाई प्रेसर गराउने पञ्चायतकालदेखि नै बानी परेका चौधरीले अब पारीबाट दबाब दिए भने सरकारले उनीमाथिको कारबाही अघि बढाउन सक्ला ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण पक्राउ पर्दा तपाई भित्रैदेखि हल्लिनुभएको थियो । अर्को मन्त्रालय सम्हालेका तपाईँका पूर्वसहकर्मी टोपबहादुर रायमाझी अहिले पनि जेलमा छन् तर बालकृष्ण खाँण भने धरौटीमा रिहा भए । यसका लागि न्यायालयमाथि सत्ताको दबाब परेको आम बुझाइ छ । यस्तो भएको हो कि हैन ? बालकृष्ण छुट्नु र टोपबहादुर नछुट्नुमा सत्ताको चलखेल छ कि छैन ?

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने धेरै विषयहरू छन् । जस्तै– एनसेल प्रकरण, बाल मन्दिरको जग्गा घोटाला, झापाको गिरीबन्धु टी स्टेट प्रकरण लगायतका प्रकरणहरूमा सरकारले किन प्रभावकारी कदम चाल्न नसकेको होला ? सुशासनको मामिलामा सरकारको कमजोर प्रस्तुति के कारणले भइरहेको छ ?

प्रधानमन्त्री दाहाललाई सोधिनुपर्ने अर्को प्रश्न– तपाई पारदर्शिता र सुशासनको कुरा गर्नुहुन्छ । तर, प्रधानमन्त्री भएपछि तपाईँले आफ्नो सम्पत्ति विवरण किन सार्वजनिक गर्नुभएन ? यसबाट तपाईँले कस्तो सन्देश दिन खोज्नुभएको ? तपाई र घरबेटी ठेकदार शारदाप्रसाद अधिकारीबीचको सम्बन्ध के हो ? तपाईँका छोरी गंगा दाहाल र ज्वाइँको खुमलटारमा रहेको घरको स्रोत के हो ? तपाईँको परिवारजनसँग कति सम्पत्ति छ ? विगतका प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण जनता समक्ष सार्वजनिक गर्ने प्रचलन थियो, तपाईँकै पालामा किन प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरण जनतासमक्ष सार्वजनिक नगरेको ?

प्रधानमन्त्रीज्यू, तपाईँले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोध्न र कारबाही गर्न मन्त्री सुदन किराँतीलाई अनुमति दिनुभएको थियो । तर, पछि अचानक ‘माधव नेपालले नहटाउन दबाब दिए, गठबन्धन नै भत्केलाजस्तो भयो मिलेर काम गर्नोस्’ भन्दै किराँतीलाई निर्देशन दिएर सर्मिन्दा बनाइदिनुभयो । त्यसको भोलिपल्टै तपाईँका दुई छोरीहरू केही घण्टाका लागि दुबई पुगेर फर्किए । यो घटना संयोगमात्रै हो कि तपाईँका मन्त्रीहरुलाई बिचौलियाले ‘कठपुतली’ बनाएका हुन् ? घुस खान्न भन्ने मन्त्रीलाई बिचौलियाहरुले छोरीमार्फत ‘साइज’ मा राख्ने गरेको गुनासो सुनिन्छ, खास कुरा के हो ?

अहिले सडकदेखि चियापसलसम्म एउटा भाष्य सुनिन्छ, ‘सरकारी कर्मचारीले घुस नखुवाई कुनै काम गर्न छाडे । कुनै विकासको बजेट निकासा गर्दासमेत कर्मचारीलाई कमिसन बुझाउनुपर्छ । कर्मचारीले स्वतः हुने बढुवामा पनि पैसा खुवाउनुपर्छ ।’ यस्तो भाष्य बदल्न तपाईँको सरकारले नसकेको कि नचाहेको ? यो पनि प्रधानमन्त्री दाहाललाई सोधिनुपर्ने अर्को प्रश्न हो ।

नेपालको लोकतन्त्रको आधार भनेको ‘वेस्ट मिनिस्ट्री सिस्टम’ हो । यसमा प्रधानमन्त्री कार्यकारी सीईओ हुन्छ । राज्य संरक्षित नीतिगत भ्रष्टाचारको जालो यति सशक्त छ कि माछाले पानी खाएको नदेखिए जस्तै त्यो भ्रष्टाचारको छनक ‘तरमारा’ले मात्र पाउँछन् । त्यसैले मुलुकमा सलहझैं बढ्दो नीतिगत भ्रष्टाचारको नैतिक जिम्मेवारी पनि प्रधानमन्त्रीकै दायित्वभित्र पर्ने विषय हो । कर हेरफेरभित्रको दाउपेच व्यापारिक घरानाका नाममा बल्झिरहन्छ ?

डा. ल्हारक्याल लामालाई लुम्बिनी कोषको तालासाँचो सुम्पिनु प्रधानमन्त्रीको रहर हो कि बाध्यता ? यसबाहेक त्रिभुवन विमानस्थल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता एकेडेमिक संस्थाहरूको बेहाल हुँदा पनि सरकारले पहलकदमी लिन नसक्नुको कारण के हो ? यो पनि अर्को प्रश्न हो ।

याे पनि-

तीनवटै विमानस्थल ‘बेच्ने’ प्रचण्डको ‘प्लान’

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ६ : १८ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल