भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन् ।
विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन् ।
त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो
रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र
गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गरेकी छन्।
छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडालगायत अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड दिइन् ।

मन्त्री चौधरीको सचिवालयका अनुसार उनले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने बताइन्।
गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान
निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा
नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन
रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् ।
उनी असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा(हाई)लेभल कमेमोरेटिभ मिटिङ० मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो ।

बेलग्रेडमा भदौ १५ र १६ गते ९अगस्ट ३१ र सेप्टेम्बर १० उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो ।
यसैबीच, रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनाल सर्बिया भ्रमणमा नजाने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा
त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार
बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग
शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट
बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङ्देम्बेले बाढीग्रस्त नुवाकोटको ढुङ्गेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौ बुँदे ध्यानाकषर्णपत्र सरकारलाई बुझाएका हुन् ।

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको उनले बताए। नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न माग गरे।
भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग
बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान
त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन
बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग
रसुवा सडक सञ्जालसँग पुनः जोडियो
राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता
भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित इरान र भारतका नेताहरू सोमबार किर्गिस्तान जाने भएका छन् । उनीहरू पश्चिमी प्रभावको प्रति–सन्तुलनका रूपमा हेरिएको साङ्घाई सहयोग सङ्गठन ९एससीओ० को शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
एससीओको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने दुईदिने सम्मेलनमा करिब एक दर्जन राष्ट्रप्रमुख सहभागी हुनेछन् । समूहमा रुस, चीन, भारत, पाकिस्तान, इरान, मध्य एसियाका चार राष्ट्र तथा रुसको सहयोगी बेलारुस सदस्य छन् ।

पुटिन र सीले बहुध्रुवीय विश्वको आफ्नो अवधारणा अघि बढाउन तथा पश्चिमविरुद्ध साझा धारणा प्रस्तुत गर्न एससीओका बैठकलाई प्रयोग गर्दै आएका छन् । इरानका राष्ट्रपति मसुद पेजेस्कियन र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफसहित पुटिन, सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभको अध्यक्षतामा हुने पूर्ण बैठकमा सहभागी हुने कार्यक्रम छ ।
क्रेमलिनका प्रवक्ता युरी उसाकोभका अनुसार पुटिनले पेजेस्कियन र सीसहित अन्य नेतासँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गर्नेछन् । युक्रेन युद्धका क्रममा रुस र इरानबीच सैन्य तथा आर्थिक सम्बन्ध थप सुदृढ भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मस्को र बेइजिङलाई इरानलाई हतियार उपलब्ध नगराउन चेतावनी दिँदै आएका छन् ।
केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा












प्रतिक्रिया