‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन « Khabarhub

‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

दमौली– यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यही बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो । 

विशेष कारणवश दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको कार्यालय प्रमुख टीकाबहादुर गोदारले जानकारी दिए।  सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको जनाइएको छ । आयोगले यस विषयमा छानबिन गरेकाले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो । यातायात कार्यालय पनि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । 

कार्यालयका सूचना अधिकारी विष्णुबहादुर क्षेत्रीले आयोगले जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत कार्यालयलाई परिपत्र गरेको जानकारी दिए। विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । दरबन्दीअनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको जनाइएको छ ।

पन्ध्र स्थायी र दुई अस्थायी गरी १७ जनाको दरबन्दी रहेकामा कार्यालयमा पाँच स्थायी र छ करार गरी १३ कर्मचारी कार्यरत छन् । कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपर्थ्यो । 

कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ । 

विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो । सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर संकलन, रुट परमिट, जाँचपाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता, नामसारी सेवा दिँदै आएको छ । 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : ०८ बजे

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको