इटालीले लगायो टिकटकलाई ११ मिलियन डलर जरिवाना « Khabarhub

इटालीले लगायो टिकटकलाई ११ मिलियन डलर जरिवाना


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रोम– इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ ।

इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गराएको हो ।

एन्टिट्रस्ट एजेन्सीका अनुसार टिकटक जो जुन चीनको वाइट डान्सको स्वामित्वमा रहेको छ, त्यसले आफ्नो प्लेटफर्ममा किशोर किशोरीहरूको विशेष कमजोरीहरूलाई ध्यानमा राख्न असफल भएको छ ।

वाचडगले गत मार्चमा टिकटकको सामग्री मध्यस्थता अभ्यासहरूमा अनुसन्धानको घोषणा गरेको थियो, जहाँ टिकटक चुकेको जनाइएको छ ।

बिहीबार एक विज्ञप्तिमार्फत भिडियो–साझेदारी प्लेटफर्म टिकटकले हानिकारक सामग्रीको फैलावटबाट बच्न र बचाउनका लागि अझै पर्याप्त उपायहरू नलिएको जनाएको छ ।

एजिसिएमद्वारा उल्लेख गरिएको हानिकारक सामग्रीको एउटा उदाहरण हो, जसलाई ‘फ्रान्सेली दाग’ प्रवृति भनेर चिनिन्छ, जसमा टिकटक प्रयोगकर्ताहरूले आफ्नो गालामा चिरस्थायी घाउ छोडेको देखाइएको छ ।

टिकटकका प्रवक्ताले जरिवाना गराउने इटालीको घोषणा प्रति असहमति रहेको जनाए । उनले भने, ‘एजिसिएमको सो निर्णयसँग टिकटक असहमत छ किनभने तथाकथित ‘फ्रान्सेली दाग’ सबन्धी सामग्रीका बारेमा गत वर्ष एजीसीएमको घोषणा अघि नै इटालीमा औसत १ सयवटा दैनिक खोजी गरेको थियो र हामीले धेरै पहिले यस्ता सामग्रीको दृश्यता १८ वर्षमुनिमा प्रतिबन्धित गरिसकेका थियौं।’

टिकटकले केही समय यता देखी युरोपेली नियामकहरूको क्रसहेयरमा रहेको छ र यसअघि पनि उसले सयौं मिलियन डलरको जरिवानाको सामना गरिसकेको छ।

युरोपियन युनियनमा टिकटकका गतिविधिहरूको निरीक्षण गर्ने आयरिश डेटा संरक्षण आयोगले गत सेप्टेम्बरमा प्लेटफर्मलाई ३७६ मिलियन युरो जरिवाना तिर्न आदेश दिएको थियो । जरिवाना गर्नु अघि उसको यो तर्क थियो कि टिकटकले बच्चाहरूको सुरक्षा गर्न असफल भएको छ । 

युरोपियन नियामकहरूले यो पत्ता लगाएका थिए कि बच्चाहरूको नयाँ सिर्जना गरिएका प्रोफाइलहरू पूर्वनिर्धारित रूपमा सार्वजनिक रूपमा सेट गरिएको थियो, जसको अर्थ इन्टरनेटमा जो कोहीले पनि हेर्न सक्छ।

टिकटकका लागि यो साता पनि कठिन भइरहेको बेला इटालीको यो जरिवाना घोषणा भएको हो । गत बुधवार मात्रै अमेरिकी प्रतिनिधि सभाले एक विधेयक पारित गर्‍यो, जसले अमेरिकामा ६ महिना भित्र टिकटक माथी प्रतिबन्ध लगाउन सक्छ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : १२ बजे

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने

हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ऊर्जामन्त्री कुलमान घिसिङद्वारा बर्खास्त गरिएका हितेन्द्रदेव शाक्यलाई

तीन सन्तान एकैपटक अधिकृत भएपछि बाबुको खुसी, ‘भारी बोकेको पीडा बिर्सिएँ’

काठमाडौं- दुई छोरा र बुहारी तीनै जना एकैपटक नेपाल सरकारको

एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरण

आजका समाचार : ईश्वर पोखरेलले बुझाए महाधिवेशनमा लाने दस्तावेज, ११४ दलले चुनाव लड्ने र फेरि चर्कियो थाइल्यान्ड–क्याम्बोडिया युद्ध

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी