गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन « Khabarhub

गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्

शुक्रबार बिहान बालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका हुन् ।

हिजो आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ४८४ पृष्ठको प्रतिवेदन बुझाएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ केजी र इलेक्ट्रिक चुरोट (भेप) मा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन प्रकरणमा आयोगले अनुसन्धान गरेको थियो ।

आयोगले कार्यसम्पादनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा रसुवागढीसहित विभिन्न सात वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन गरेको थियो।

अनुसन्धानको क्रममा त्रुटि गर्ने सरकारका अधिकारीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

गत असोज १४ गते सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ०२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार