मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह | Khabarhub Khabarhub

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

गोदार– मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुरप्रसाद साह नियुक्त भएका छन् ।

सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा. साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम एक नम्बरमा सिफारिस गरेका थिए ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो । रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।

 मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा. रमेशप्रसाद सिंह (सर्लाही), डा. योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशङ्कर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट), डा. अङ्कुरप्रसाद साह (धनुषा) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए  ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ५१ बजे

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

महेन्द्रनगर – इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन

छठमा आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था

बागमती – छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण

छठ पर्वका लागि शृङ्गारिँदै राप्ती नदीतट

बागमती – लोकआस्था, विश्वास र श्रद्धाको रूपमा मनाइने छठ पर्वका

पाकिस्तानी ध्वजाबाहक विमानद्वारा पाँच वर्षपछि बेलायतका लागि पुनः उडान सुरु

इस्लामाबाद – बेलायतले उड्डयन सुरक्षाको चिन्ताका कारण लगाइएको पाँच वर्षको

आजका समाचार : जेन-जीसँग संवाद गर्न सरकार तयार, १८ कम्पनीको बिजुली काटियो र अमेरिका–चीन व्यापार वार्ता

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो प्रधानमन्त्री सुशीला कार्कीले राजधानीको