सिरुटार-बिरुवा सडक अनुगमन | Khabarhub Khabarhub

सिरुटार-बिरुवा सडक अनुगमन


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चारदोबाटो बिरुवा बसपार्क सडक निर्माणको अनुगमन गरिएको छ ।  

बागमती प्रदेश सरकारका भौतिक तथा योजनामन्त्री युवराज दुलालसहितको टोलीले आज अनुगमन एवं निरीक्षण गरेको हो । अनुगमन मन्त्री दुलाल, संघीय सरकारका पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका सल्लाहकार डिबी ढकाल, प्रदेशसभा सदस्यद्वय किरण थापा, सकुन्तला श्रेष्ठ र वडाअध्यक्ष सानुकाजी कायस्थसहितको टोलीले गरेका हुन् । 

बागमती प्रदेश सरकारबाट विनियोजित रु १५ करोडको लागतमा ढल, फुटपाथ निर्माण, सडक विस्तार, स्तरोन्नति र कालोपत्र भइरहेको छ ।  

मध्यपुरथिमि नगरपालिका‐३ कौशलटारदेखि सूर्यविनायक नगरपालिका‐२  बालकोट र वडा नं १ सिरुटार–बिरुवा सडकखण्ड निर्माण, सडक विस्तार, स्तरोन्नतिका  लागि गत वर्ष बहुवर्षे ठेक्का लागेको थियो । निर्माणको अन्तिम चरणमा रहेको उक्त सडकको अनुगमन गरेको बागमती प्रदेशसभा सदस्य किरण थापाले जानकारी दिए।

अनुगमनमा मन्त्री दुलालले सडक निर्माण गुणस्तरीय र सम्झौता समयभित्रै सम्पन्न गर्न निर्देशन दिए। उनले गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै तीव्रगतिमा काम गर्न निर्देशन दिए।

पूर्वमन्त्री बस्नेतले भक्तपुर विकासको उत्कर्षमा पुगेको र सिरुटार बिरुवा सडकले अब पूर्णता पाउने बताए। उनले समयमै गुणस्तरीय सडक निर्माण गर्ने कम्पनीले थप अवसर पाउने भएकाले काम छिटो र गुणस्तरीय गर्नुपर्ने बताए ।

गत वर्ष बालकोट र सिरुटारको सिमानामा रहेको पुलबाट ढल र फुटपाथसहितको सडक निर्माण सुरु भएको थियो । पहिलो चरणमा सिरुटारदेखि चारदोबाटोसम्म कालोपत्र सम्पन्न भइसकेको छ । यस वर्ष चारदोबाटोबाट बिरुवा बसपार्कसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको प्रदेशसभा सदस्य थापाले बताए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ५८ बजे

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी

सूर्यले मानवलाई लगाएको गुन सम्झिने छठ पर्व

काठमाडौँ – छठ पर्व हिन्दू धर्मका सबैभन्दा प्राचीन र आस्थापूर्ण

इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ ।

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई

त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने

काठमाडौं– त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र