सिरुटार-बिरुवा सडक अनुगमन « Khabarhub

सिरुटार-बिरुवा सडक अनुगमन


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चारदोबाटो बिरुवा बसपार्क सडक निर्माणको अनुगमन गरिएको छ ।  

बागमती प्रदेश सरकारका भौतिक तथा योजनामन्त्री युवराज दुलालसहितको टोलीले आज अनुगमन एवं निरीक्षण गरेको हो । अनुगमन मन्त्री दुलाल, संघीय सरकारका पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका सल्लाहकार डिबी ढकाल, प्रदेशसभा सदस्यद्वय किरण थापा, सकुन्तला श्रेष्ठ र वडाअध्यक्ष सानुकाजी कायस्थसहितको टोलीले गरेका हुन् । 

बागमती प्रदेश सरकारबाट विनियोजित रु १५ करोडको लागतमा ढल, फुटपाथ निर्माण, सडक विस्तार, स्तरोन्नति र कालोपत्र भइरहेको छ ।  

मध्यपुरथिमि नगरपालिका‐३ कौशलटारदेखि सूर्यविनायक नगरपालिका‐२  बालकोट र वडा नं १ सिरुटार–बिरुवा सडकखण्ड निर्माण, सडक विस्तार, स्तरोन्नतिका  लागि गत वर्ष बहुवर्षे ठेक्का लागेको थियो । निर्माणको अन्तिम चरणमा रहेको उक्त सडकको अनुगमन गरेको बागमती प्रदेशसभा सदस्य किरण थापाले जानकारी दिए।

अनुगमनमा मन्त्री दुलालले सडक निर्माण गुणस्तरीय र सम्झौता समयभित्रै सम्पन्न गर्न निर्देशन दिए। उनले गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै तीव्रगतिमा काम गर्न निर्देशन दिए।

पूर्वमन्त्री बस्नेतले भक्तपुर विकासको उत्कर्षमा पुगेको र सिरुटार बिरुवा सडकले अब पूर्णता पाउने बताए। उनले समयमै गुणस्तरीय सडक निर्माण गर्ने कम्पनीले थप अवसर पाउने भएकाले काम छिटो र गुणस्तरीय गर्नुपर्ने बताए ।

गत वर्ष बालकोट र सिरुटारको सिमानामा रहेको पुलबाट ढल र फुटपाथसहितको सडक निर्माण सुरु भएको थियो । पहिलो चरणमा सिरुटारदेखि चारदोबाटोसम्म कालोपत्र सम्पन्न भइसकेको छ । यस वर्ष चारदोबाटोबाट बिरुवा बसपार्कसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको प्रदेशसभा सदस्य थापाले बताए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ५८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा