मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमालेको चेतावनी « Khabarhub

मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमालेको चेतावनी


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने नेकपा एमाले संसदीय दलले चेतावनी दिएकाे छ। कांग्रेस नेता कार्की एमालेकै समर्थनमा मुख्मन्त्री बनेका हुन् ।

एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै तत्काल पदबाट राजीनामा दिएर प्रदेशलाई निकास दिनुपर्ने बताए ।

यदि  कार्कीले राजीनामा नदिए संवैधानिक विधिबाट उनलाई बर्खास्त गरिने भण्डारीकाे दाबी छ ।

संसदीय पत्रकार मञ्च काेशीले शुक्रबार विराटनगरमा आयाेजना गरेको पत्रकार सम्मेलनमा एमाले सचेतक भण्डारीले यदि  राजीनामा दिन कार्कीले आलटाल गरे आफूहरुले आवश्यक कदम चाल्ने चेतावनी दिए ।

‘यो सरकार राजनीतिक हिसावले अल्पमतमा परिसक्यो । अहिले नै राजीनामा दिँदा हुन्छ । राजीनामा नदिने हो भने सत्ता पक्ष अल्पमतमा देखिनेछ र विपक्षी बहुमतमा देखिने छत्यस्तो अवस्थामा एक मिनेटमा पनि मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन,’ भण्डारीले भने ।

उनले थपे, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्यो । यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नु भयो भने संविधानको सर्वोच्चता, सवोच्च अदालतको आदेश, कानून बमोजिम उहाँलाई हटाउँछौं ।’

उनले संघीय सरकारको गठबन्धन गठबन्धन भत्किएर अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेको दाबी गरे । ‘माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिनुहोला, उहाँहरुले छोडेको २४ घण्टाभित्र हामीले आफ्नो स्टेप चाल्छौं । त्यसपछि राजीनामा दिँदा पनि उहाँले अप्ठ्यारो गरी राजीनामा दिनुपर्ने हुन्छ,’ एमाले नेता भण्डारीले भने ।

केन्द्रकाे सहमति अनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने भण्डारीले बताए ।

प्रदेश प्रमुखले चाहेमा संविधानको धारा १६८ को उपधारा २ अनुसार पनि सरकार बन्न सक्ने वा कुनै दलहरु एक भएर बहुमत सिद्ध गर्नसके संविधानको धारा १६८ को उपधारा १ बाट पनि सरकार बन्न सक्ने उनले दाबी गरे । तर केन्द्रमा हुने भागबन्डामा माओवादी र एकीकृत समाजवादीकाे नेतृत्वकाे सरकारलाई पनि स्वीकार गर्ने बताउँदै भण्डारीले भने, ‘सरकार एमालेकै हुनुपर्छ भनेर हामीले दाबी गरेका छैनौं, सहमति गरेर अगाडि बढ्न सक्छ ।’

संविधानका कतिपय जानकारहरुले भने कोशीमा केदार कार्कीको सरकार ढलिसकेपछि पुरानै प्रक्रियातिर नगई गैरदलीय सरकार बन्ने वा मध्यावधि चुनावमा जाने तर्क गर्दै आएका छन् ।

यो पनि-
‘विद्रोह गरेर मुख्यमन्त्री बनेको मान्छे हुँ, विधान हैन, संविधान मान्छु’

 

 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : ५३ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा