नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थान सुधार « Khabarhub

नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थान सुधार


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो ।

यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो । त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औं स्थानसम्म झरेको थियो ।

नेपाली महिला टिमले हालै साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेर गरेको उत्कृष्ट प्रदर्शनपछि फिफा वरीयतामा सुधार आएको हो । फिफा वरीयतामा छिमेकी देश भारतीय महिला फुटबल टिम ६६औ स्थानमा रहेको छ ।

त्यस्तै महिला फुटबलको वरियताको शीर्ष स्थानमा भने स्पेन रहेको छ । त्यस्तै इङल्याण्डले दुई स्थानको सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो र यसअघि दोस्रो स्थानमा रहेको अमेरिका चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : ०३ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ