४ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ | Khabarhub Khabarhub

४ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

वीरगंज– हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१० बस्ने कुनाल कुमार जैसवाल, वडा नं २२ बस्ने वीरेन्द्र साह तेली, रेखाकुमारी साह र पर्सा जगरनाथपुर गाउँपालिका–६ बस्ने मितुकुमार कुर्मी छन् ।

उनीहरूलाई वीरगंज–१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकका चेक र नगदसहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ४ लाख ३ हजार नगद, विभिन्न बैंकको चेकबुक १३ थान, बैंकहरूको काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान–एटिएम कार्ड ३ थान र मोबाइल सात थान बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका सबै जनाविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ६ : ३८ बजे

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु