कस्तो कार्यक्रम ल्याउने, अलमलमा छु : जितु नेपाल « Khabarhub

कस्तो कार्यक्रम ल्याउने, अलमलमा छु : जितु नेपाल


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले प्रविधिको विकाससँगै टेलिभिजनको ‘क्रेज’ घटेकाले कस्ता कार्यक्रम निर्माण गर्ने भन्नेमा अलमलमा परेको बताएका छन् ।

काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको ‘सिनेमाका नयाँ बजार र अवसर’ अन्तरक्रिया कार्यक्रममा जितुले २९ वर्षको ‘करिअर’मा बजारमा कस्तो कार्यक्रम बिक्छ भन्ने ठम्याउन नसकेको अनुभव सुनाए ।

स्तरीय कन्टेन्ट राख्दा युट्युबमा नचल्ने र सस्ता कन्टेन्ट बनाउन प्रतिष्ठाले नदिएकाले थप अन्योल सिर्जना भएको उनको भनाइ छ ।

‘युट्युबमुखी कार्यक्रम गरौं, परिवारले पनि हेर्छन् । यो जितु नेपाल मात्तिएको, कस्तो कार्यक्रम बनाएको भन्लान् । युट्युबलाई फेरि त्यस्तै कन्टेन्ट चाहिन्छ । त्यस्तै हेर्ने दर्शक छन्,’ उननले भने, ‘टेलिभिजनमुखी बनाऔं भने चल्दैन । युट्युबमा दर्शक कम हुन्छन् फेरि, अनि यसको कार्यक्रम सक्कियो भनिहाल्छन् ।’

अबका कार्यक्रम आफ्नै युटुबमा

जितुले ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो र तेस्रो सिजन अन्य युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । दोस्रो सिजन भने आफ्नै च्यानलबाट सार्वजनिक गरेका थिए ।

क्लबको तेस्रो सिजनले भने बाध्यताले ‘की एडर्भटाइज’ दिँदा अन्य युट्युब च्यानललाई बेचेको उनले जानकारी दिए । उनले भने, ‘कार्यक्रम सुरु हुँदा युट्युब च्यानल थिएन, केदारजीको च्यानलबाट सुरु गरेँ । दोस्रो आफ्नै च्यानलमा राखेँ । तेस्रो चाहिँ की एडभर्टाइजले माग्यो । उहाँहरुले नै सुरु गरेको कार्यक्रम माग्दा दिनुपर्ने मेरो बाध्यत पनि थियो । उहाँहरुले ओएसआरलाई बेच्नुभएछ ।’

विदेश भ्रमणका लागि दूतावासमा युट्युब च्यानलले बैंक ब्यालेन्सको जस्तै काम गर्ने अवस्था आएकाले कन्टेन्ट आफैँसँग राख्नुपर्ने महसुस भएको उनले अनुभव सुनाए ।

६०० भाग ‘जिरे खुर्सानी’ र १८४ भाग ‘मुन्द्रेको कमेडी क्लब’ गरिसकेपछि प्रशारण अधिकार अरुलाई दिए पनि डिजिटल राइट्स चाहिँ आफैँले राख्नुपर्ने ज्ञान आएको उनी बताउँछन् ।

साथै, उनले ‘जिरे खुर्सानी’ सामग्री आफूसँग नभएकोमा खिन्नता व्यक्त गरे ।

याे पनि…

 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : ४९ बजे

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि