काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ ।
प्रहरी स्रोतका अनुसार रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार नै त्यस तर्फ लगिएको हो ।
रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको उनीमाथि आरोप छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।
उनी शुक्रबार नै काठमाडौंको धापासीबाट पक्राउ परेका थिए । यस्तै सुन तस्करबारे जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
याे पनि…
- पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सांसदले खोजे सम्पत्तिको स्रोत
प्रतिक्रिया