को हुन् सलमानको घरमा गोली हान्ने ? | Khabarhub Khabarhub

को हुन् सलमानको घरमा गोली हान्ने ?


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड नायक सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्टमा’ गोलीकाण्ड गर्ने दुई आक्रमणकारीको तस्वीर सार्वजनिक भएको छ । उनीहरूको सीसीटीभी क्यामेरामा कैद भएको तस्वीर सार्वजनिक भएको हो ।

सो तस्वीरमा एक आक्रमणकारीले सेतो टिसर्ट र कालो ज्याकेट ल्याएका छन् भने अर्का एक जना रातो टिसर्टमा छन् । प्रहरीले यो तस्वीरबाट  अनुसन्धानमा ठूलो मद्दत पुग्ने बताएको छ ।

भारतीय मिडियाका अनुसार ती दुई मध्ये एक विशाल उर्फ कालु भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनी राजस्थानका कुख्यात गुण्डा रोहित गोदारका सुटर हुन् । कालु भर्खरै हरियाणाको एक गोलीकाण्डमा मुछिएका व्यक्ति हुन् । सो काण्डमा एक जनाको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

कालु सो हत्याकाण्डका फरार अभियुक्त हुन् । यही तस्वीरका आधारमा प्रहरीले दुवै जनाको अनुसन्धान तीव्र पारेको छ । यस घटनाबारे प्रहरीले महत्त्वपूर्ण सुराक पाइसकेकाे भारतीय मिडियाहरुको दाबी छ ।

यस घटनाका सुटर हरियाणा र राजस्थानसँग सम्बन्धित हुन सक्ने प्रहरीको अनुमान छ । लरेन्स बिश्नोई गिरोहसँग सम्बद्ध राजस्थानका कुख्यात गुण्डा नाइके रोहित गोदारको गिरोहले गोली प्रहार गरेको हुन सक्ने आशंका छ ।

योसँगै रोहित गोदारविरुद्ध इन्टरपोलले नोटिस पनि जारी गरेको छ । यस घटनामा मुम्बई प्रहरीपछि दिल्ली प्रहरी पनि सक्रिय भएको छ ।

सलमानको घरमा आइतबार बिहानै गोली प्रहार भएको थियो । यस घटनामा मानवीय क्षति नभए पनि सलमानको सुरक्षामाथि खतरा बढेको छ । अहिले प्रहरीले उनको सुरक्षामा थप कडाइ गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : ४३ बजे

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको