लागुऔषध मुद्दामा कञ्चनपुरमा २१६ जना पक्राउ « Khabarhub

लागुऔषध मुद्दामा कञ्चनपुरमा २१६ जना पक्राउ


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हेरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् ।

उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ ।

‘अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा कुसङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ’, प्रहरी उपरीक्षक जोशीले भने, ‘प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।’

जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताए ।

‘सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो’, उनले भने, ‘हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ । लागुऔषध मुद्दामा पक्राउ गरेका  अधिकांश युवा छन् ।

लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहरेको उनको भनाइ छ ।

त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।

यहाँका विभिन्न स्थानबाट भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको चार करोड ४२ लाख ८४ हजार मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : १३ बजे

माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाइँदै (तस्बिरहरू)

काठमाडौं– माइतीघर डुबानको समस्या समाधानका लागि ढल सफाइ र मर्मतको काम

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव