एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित « Khabarhub

एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । 

अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए ।  बुमीले १२४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी रावतले ११९ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ । उपाध्यक्षमा प्रकाशबहादुर शाहीले १६२ मत ल्याएर विजयी भए भने सचिवमा तीर्थराज बोहराले १३१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । 

त्यसैगरी खुला उपसचिवमा प्रदीप लामाले १३३ मत तथा महिला उपसचिवमा मञ्जु रावलले १३४ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : १८ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित