पर्यटकको पर्खाइमा मुठाचौर « Khabarhub

पर्यटकको पर्खाइमा मुठाचौर


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– वरपर घना जङ्गल । बीचमा समथर भूभाग । कतै आलु त कतै सिमी लगाइएका बारी । पाखैभरि भर्खरै अङ्कुराएका आलुबारी । आलुबारी छेउमै काठ, ढुङ्गा र माटोले बनेका चिटिक्कका मौलिक घर । यहाँ पुग्ने जोकोहीलाई यो दृश्यले आकर्षित गर्छ । यो मुठाचौरको विशेषता हो । 

तमानखोला गाउँपालिका-२ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । पर्यटकीय क्षेत्र बराह ताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्षमात्रै मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि भयरबोङ्गा कटेरी हुँदै मुठाचौर मोटरबाटो जोडिएको हो । 

प्रशस्त खेतीयोग्य जमिन रहेकोले वर्षौँदेखि यहाँ घुम्ती बसाइँ हुँदै आएको छ । कृषि र पशुपालन गर्दै आएका बयरबोङ तथा कटेरी गाउँका बासिन्दा हरेक वर्ष बर्खाको मौसममा मुठाचौरमा गोठ लगेर बस्छन् । करिब एक सय घर परिवार बसोबास गर्दै आइरहेको मुठौचार क्षेत्रमा मोटरबाटो जोडिएपछि अन्य विकासका सम्भावना खुलेका छन् । 

हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन् । बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला नियाल्न सकिन्छ । यहाँ बेलाबखत आन्तरिक पर्यटक पुग्ने गर्छन् । अघिल्लो वर्षसम्म फाट्टफुट्ट पर्यटक आउने गरेकामा सडक जोडिएपछि पर्यटकको सङ्ख्या बढेको छ । सडकले पर्यटकलाई मात्र होइन, स्थानीयलाई समेत ठूलो राहत मिलेको छ ।

एक वर्ष अगाडिमात्रै सडक पुगे पनि विद्युत् र खानेपानीको समस्या उस्तै छ । स्थानीयवासीहरु बर्खाको मौसममा यहाँ दियालो र टुकीका भरमा बस्ने गर्छन् । मुठाचौरभन्दा केही तलको कटेरी गाउँसम्म बिजुलीको पहुँच पुगे पनि त्यसभन्दा माथि पुगेको छैन । चाँडै विद्युत् र खानेपानीको सुविधा पुग्ने आशामा स्थानीयवासी  छन् । मुठाचौर छेउमै बराह ताल रहेको हुँदा यस क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय ओम पुनले बताए । 

अहिले यो ठाउँ चरिचरन र खेतीपातीका लागि मात्रै प्रयोग हुँदै आएकाले थप विकासका पूर्वाधार जोड्नसके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उनी बताउँछन्।

असारदेखि वरपरका गाउँलेहरू मुठाचौरमा गोठ लैजान सुरु गर्छन् । असोज कात्तिक लाग्नासाथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्दछन् ।  सडक पुगेपछि मुठाचौरमा उत्पादित आलु, सिमी र कृषिजन्य वस्तु बजारमा ल्याउन सहज भएको स्थानीय मञ्जु रसाइलीले बताए । 

तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बराह ताल र मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर काम गर्न थालेको बताए । मुठाचौर क्षेत्र पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले विद्युत् र खानेपानीका लागि पालिकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने उनको भनाइ छ । 

बराह ताललाई पर्यटनको केन्द्र बनाई मुठाचौरमा घरबास सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ४३ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या