चैतमा साढे २ अर्बले घट्यो सार्वजनिक ऋण  « Khabarhub

चैतमा साढे २ अर्बले घट्यो सार्वजनिक ऋण 


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को चैत महिनामा नेपालको सार्वजनिक ऋण घटेको छ । फागुन महिनाको तुलनामा चैतमा २ अर्ब ४७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको हो । 

कार्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको छ । फागुन मसान्तसम्म भने सो ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेको थियो । 

कार्यालयका अनुसार ०८० असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो र चैत मसान्तसम्म आइपुग्दा सावाँ ब्याज घटाएर ८६ अर्ब ४४ करोड ऋण थपिँदा २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको हो । जसमा आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड र बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार चैत मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्यतर्फ २६ अर्ब ४६ करोड रुपैयाँ सावाँ र ५६ अर्ब ६५ करोड ७२ लाख ब्याज भुक्तानी गरेको छ । त्यस्तै चैत महिनामा मात्रै सरकारले १७ अर्ब ३४ करोडको ऋण प्राप्ति गरेको छ ।

चैत महिनामा प्राप्ति गर्ने ऋणको तुलनामा भुक्तानी गर्ने ऋणको सावाँ ९ अर्ब ११ करोड रुपैयाँले बढी रहेको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार चैतमा १२ अर्ब ६९ करोड आन्तरिक ऋण प्राप्ति गरेको छ भने सो समयमा २२ अर्ब ६५ करोड रुपैयाँ आन्तरिक सावाँ भुक्तानी गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ५६ बजे

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार

समानुपातिकको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं–  फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको

चुनावी हारपछि कांग्रेसको पहिलो बैठक, समानुपातिक सांसद छान्दै (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन