इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक सुरु « Khabarhub

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक सुरु


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ । आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता कार्य स्थगित गरेको थियो ।

आयोगले उपनिर्वाचन हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य थालिने जनाएको छ । 

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि-रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यसरी आवेदन गर्ने व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लामा मतदाता नामावली सङ्कलनको कार्य विगतमा जसरी नै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक कार्य सुरु भएसँगै नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडाभित्रको मतदानस्थललगायत विवरणमा रहेको त्रुटि सच्याउन सकिने आयोगले जनाएको छ ।

मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउनका लागि निवेदन दिन र झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिनसमेत सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ५४ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह