दोस्रो जिरी महोत्सव सम्पन्न « Khabarhub

दोस्रो जिरी महोत्सव सम्पन्न


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

दोलखा– गत चैत २३ गतेदेखि सुरु भएको दोस्रो जिरी महोत्सव आइतबार सम्पन्न भएको छ । नेपालको स्वीजरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्ग्यानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार भन्ने नारा सहित सुरु भएको जिरी महोत्सव आयोजकले अनुमान गरेको भन्दा राम्रो उपस्थिति सहित सम्पन्न भएको छ ।

करिब २५ हजार मानिसले महोत्सव अवलोकन गर्ने अनुमान गरेको महोत्सव आयोजक संस्था जिरी उद्योग वाणिज्य संघले ४० हजार भन्दा बढीकाे उपस्थित रहेकाे संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

महोत्सवमा पहिलो दिन करिब ११ सयले अवलोकन गरेका थिए भने, नौ दिन अर्थात् वैशाख एक गते एकै दिन पाँच हजारले अवलोकन गरेका थिए ।

अन्य ८ दिनमा करिब ३० हजार आन्तरिक पर्यटकले महोत्सव अवलोकन गरेको अध्यक्ष श्रेष्ठले बताए ।  जिरी महोत्सव समग्रमा सोचेभन्दा उत्कृष्ट भएको आयोजक संस्था जिरी बाणिज्य संघको दाबी रहेको छ ।

जिल्लामा यस अघि आयोजना हुने महोत्सव भन्दा जिरी महोत्सव भिन्न खालको भएकाले पनि महोत्सव उत्कृष्ट बनेको संघका महासचिव अनिल कार्कीले बताए ।

चैत २३ गतेदेखि वैशाख २ गतेसम्म आयोजना गरिएको नयाँ वर्ष ०८१ केन्द्रित महोत्सवमा दोलखा जिल्ला बाहिरका करिब ७ हजारले महोत्सवको अवलोकन गरेका थिए ।

महोत्सवमा दोलखाका सबै स्थानीय तह र रामेछापको गोकुल गङ्गा र उमाकुण्ड गाउँपालिका साझेदार र नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैंक, एकीकृत फ्रेन्डसीप सहकारी लगायतको प्रत्यक्ष सहयोग तथा सहभागिता रहेको थियो ।

महोत्सवले जिरीलाई मात्रै नभई सिङ्गो दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको थियो । जिरी महोत्सव आउने पर्यटक जिल्लाको अन्य पर्यटकीय स्थल कालिन्चोक,शैलुङ,चरिकोट भिमेश्वर, हनुमन्ते लगायतका स्थानमा पनि घुम्न पुग्ने गरेकाले यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसार थप टेवा पुर्‍याएको आयोजक संस्थाको दाबी छ ।

महोत्सव स्थलका स्टलमा सामान्य व्यापार भए पनि जिरी बजारमा भने महोत्सवले राम्रो व्यापार भएको स्थानीय होटल व्यवसायीहरूले बताएका छन् । जिरीका स्थानीय बजार तथा होटलहरुमा महोत्सव अवधिभर चहलपहल देखिएको थियो ।

महोत्सवले गुराँस पार्क, जिरेस्वरी मन्दिर, स्टोन पार्क, हनुमन्ते डाँडा, जिरी प्राविधिक शिलालय, गाई आनुवांशिक स्रोत केन्द्र, माछा पोखरीलगायतका क्षेत्रमा पुग्ने आन्तरिक पर्यटक समेत वृद्धि भएका थिए।महोत्सवको आम्दानी तथा खर्च विवरण आउन केही दिन लाग्ने आयोजक संस्थाले जनाएको छ ।

जिरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटकीय क्षेत्रको सम्भावना, निजी क्षेत्रको लगानी र भावी योजनाको बारेमा प्रत्येक दिन विषय विज्ञबाट बहस समेत चलाइएको थियो। जिरी महोत्सवले दोलखाको पर्यटन विकास र समृद्धिको लागि सकारात्मक सन्देश प्रवाह गरेको जिरी नगरपालिका पूर्व नगरप्रमुख टंक जिरेलले बताए।

महोत्सवको समापन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

सुबास बस्नेत

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ४० बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि