जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने | Khabarhub Khabarhub

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

जापान– जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन् । 

उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे । 

ओरालो लागिरहेको जापानी मुद्रा टोक्योमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ । यस्तो स्तर सन् १९९० पछि देखिएको थिएन । यसबाट जापानी सरकारका लागि सन् २०२२ मा गरेजस्तै हस्तक्षेप गर्ने सम्भावना सिर्जना भएको छ । 

‘हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ र सबै आवश्यक कदम चाल्नेछौँ’, मन्त्री सुजुकीले पत्रकारहरूलाई भने। 

जापानी येन पहिले नै विगतको स्तरभन्दा तल झरेको छ । जापानले पहिला नै गिरावट रोक्न हस्तक्षेप गरेको थियो । सन् २०२२ अक्टोबरमा एक अमेरिकी डलरको तुलनामा एक सय ५२ येनको नजिक पुगेपछि जापानी अधिकारीहरूले डलर बेचेर येन किनेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : ०३ बजे

२४ घण्टामा इलाममा सबैभन्दा धेरै एक सय ४६ मिलिमिटर वर्षा

काठमाडौं – मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन