जापानी अन्तरिक्ष यात्री पनि चन्द्रमामा जान पाउने   « Khabarhub

जापानी अन्तरिक्ष यात्री पनि चन्द्रमामा जान पाउने  


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र जापानबीच भएको एक सम्झौतामा जापानी अन्तरिक्ष यात्री पनि चन्द्रमामा जाने भएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाको राजकीय भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त कुरा घोषणा गरेका हुन् ।

बाइडेनले भने, ‘जापान र संयुक्त राज्य अमेरिकाबीचको विज्ञान र शिक्षा सम्बन्ध चन्द्रमासम्म फैलिएको छ, जहाँ दुई जापानी अन्तरिक्ष यात्रीहरू भावी अमेरिकी मिसनहरूमा सामेल हुनेछन् । एक जना चन्द्रमामा अवतरण गर्ने पहिलो गैर-अमेरिकी बन्नेछन्।’

हालसम्म १२ अन्तरिक्ष यात्री चन्द्रमामा ल्याइसकेका छन् । सन् १९६९ देखि १९७२ सम्म नासाको अपोलो कार्यक्रमअन्तर्गत आजसम्म १२ अन्तरिक्ष यात्रीहरू मात्रै चन्द्रमामा अवतरण भएका छन् । यी सबै अन्तरिक्ष यात्री अमेरिकी थिए । अब आर्टेमिस कार्यक्रम अन्तर्गत सन् २०२६ सम्ममा फेरि एक पटक मानिसलाई चन्द्रमामा पठाउने लक्ष्य राखिएको छ ।

नासाका प्रशासक बिल नेल्सनले भिडियो सन्देशमा भनेका छन्, ‘जापानले नासाका लागि प्रेसराइज्ड रोभर विकास गर्ने छ। यो रोभरको सहयोगमा अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा लामो दूरीको यात्रा गर्न सक्नेछन् । अन्तरिक्ष यात्रीहरू लामो समयसम्म यसमा बस्न पनि सक्नेछन्।’

समाचार श्रोत : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : २९ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य