सिड्नीमा ‘महाजात्रा’ले तोड्यो 'जात्रै जात्रा' को रेकर्ड | Khabarhub Khabarhub

सिड्नीमा ‘महाजात्रा’ले तोड्यो ‘जात्रै जात्रा’ को रेकर्ड


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’ले अघिल्ला शृंखला ‘जात्रै जात्रा’को रेकर्ड तोडेको छ । ‘जात्रै जात्रा’ले सिड्नीमा बनाएको २७ शोको रेकर्ड महाजात्राले सोमबार तोडेको हो । 

डायस्पोरा वितरक कम्पनी एमएसएम इन्टरटेनमेन्टस्का अनुसार सोमबारसम्म महाजात्राले २८ पाएको छ । आउँदो शनिबारसम्म यसले अन्य फिल्मले बनाएका सिड्नी र अष्ट्रेलियाका सम्पूर्ण रेकर्ड तोड्ने वितरकको अनुमान छ । 

नेपाली फिल्मको लागि अष्ट्रेलियाको सिड्नी दोस्रो ठूलो बजार मानिन्छ ।  सुपरहिटको ट्याग पाउँदै यो फिल्म चौथो हप्तामा प्रदर्शनरत छ । 

सिड्नी प्रदर्शक रोटेपिङका प्रतिनिधि  रोशन भट्टराई भन्छन्, ‘महाजात्राले सिड्नीमा मात्र नभई अष्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउनेमा हामी आशावादी छौं ।’

फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले छिटै सम्पूर्ण देशको शो सङ्ख्या र व्यापारको विषयमा जानकारी गराउने बताएका छन् । 

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो शृंखला ‘महाजात्रा’ ले तीन सातामा २३ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । 

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । 

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ५४ बजे

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको

भारतको आवश्यकतामा चीनले सहयोग गर्ने

नयाँ दिल्ली- चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज

जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई