शिक्षा मन्त्रालयद्वारा कर्मचारी सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा « Khabarhub

शिक्षा मन्त्रालयद्वारा कर्मचारी सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनलाई चुस्त तथा व्यवस्थित बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नेतृत्व क्षमता, कार्यानुभव, रुचि र दक्षताका आधारमा पारदर्शी एवं अनुगमनयोग्य रुपमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन सो मापदण्ड ल्याइएको हो ।

गत चैत २२ गते शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयबाट स्वीकृत सो मापदण्डलाई मन्त्रालयको वेबसाइतमार्फत सार्वजनिक पनि गरिएको छ ।

माण्दण्डमा जिल्लास्तरमा रहेका कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्रस्तरमा सरुवा वा काजमा नखटाउने, कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट देखिएका कर्मचारीलाई सुगम वा रुचिअनुसार सरुवा गर्ने, नयाँ कर्मचारीको पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिसको योग्यताक्रमअनुसार गर्नेलगायत व्यवस्था छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ३० बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले