न्यायपालिकाको पुनसंरचना प्रतिवेदन बनाउन नेपाल बारले बनायो समिति | Khabarhub Khabarhub

न्यायपालिकाको पुनसंरचना प्रतिवेदन बनाउन नेपाल बारले बनायो समिति


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसिएसनले न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल बारले राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनसंरचनाको एजेण्डा अघि बढाउने प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरेको जानकारी दिएको हो ।

नेपाल बारले बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संयोजकत्वमा गठित ९ सदस्यीय समिति बनाएको छ । समितिमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, सविता भण्डारी वराल, चन्द्रकान्त ज्ञवाली, खम्व बहादुर खाती, रमेश बडाल, पंकज कर्ण, दिपेन्द्र झा र यज्ञमणी न्यौपाने सदस्य रहेका छन् ।

नेपाल बारले न्यायपालिकामा रहेका विकृति विसङ्गति हटाउनको लागि समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई सम्मेलनको मुख्य एजेण्डा बनाउने बताएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : ५७ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले