हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने « Khabarhub

हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ ।

महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।

त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे ।

राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश रहेको बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ६ : ५० बजे

चिसापानीमा दुई पक्षबीच झडप, प्रहरीको हवाई फायर

बाँके– बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा

एसडी मुनीको टिप्पणी- बालेनको भारत भ्रमणमा ब्रेक थ्रु भएन

काठमाडौँ– भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको

रुसी सैन्य विमान दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा प्रवेश, लडाकू विमान परिचालन

एजेन्सी – आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी सैन्य

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया– बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ

सुनकोशी–मरिण ठेक्का रद्द प्रकरण : सार्वजनिक लेखा समितिले माग्यो ७ दिनभित्र कागजात

काठमाडौँ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा