थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न | Khabarhub Khabarhub

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो भोक हडतालको कारण ज्यान गुमाएकी थिइन्। नेटी पर्न सङ सनीसाङगेहोमलाई हृदयघात भएपछि ज्यान गएको हो। २८ वर्षीया उनी गएको २६ जनवरीदेखि हिरासतमा थिइन्। त्यसको एक दिनपछि नै उनले भोक हडतालको सुरुवात गरेकी थिइन्। उनले फेब्रुअरीको अन्तिममा पानी पिउन सुरु गरेकी हुन्। अप्रिल महिनामा मात्र उनले खाना खाएकी थिइन्।

यस घटनाले थाइल्यान्डको मानव अधिकार माथि पनि प्रश्न उठाएको छ। हाल मृत्यु भएकी नेटी पर्नले थाइल्यान्डको कानुनी विषयमा अनेकौँ प्रश्न उठाएकी थिइन्। उनले राजसंस्था बारे उठाएको प्रश्नलाई त्यहाँको कानुन अनुसार अपराध भनिएको हो।

उनी भोक हडतालमा बसेको यो नै पहिलो पटक थिएन। सन् २०२२ मा पनि उनी भोक हडतालमा बसेकी थिइन्। सो समयमा ६४ दिन कुनै पनि कुरा खान अस्वीकार गरेपछि उनलाई रिहा गरिएको थियो। यस पटक उनी ठ्याक्कै यत्ति दिन हडतालमा बसिन् भन्ने यकिन भएको छैन। तर, खान थालेको भने अप्रिल महिनादेखि हो। स्वास्थ्य अवस्था खराब भएका कारण उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो।

जेलका अधिकारीका अनुसार भोक हडतालका कारण कमजोर भएकी उनलाई समस्या भएको थियो। आधिकारिक विभागबाट प्राप्त सूचनाकै आधारमा भन्ने हो भने उनले भिटामिन लिन अस्वीकार गरेका कारण इलेक्ट्रोलाइटको कमी देखिएको थियो।

मंगलबार उनको मुटुको चालमा समस्या आएको थियो। चिकित्सकको अथक प्रयासका बाबजुद असफल भएपछि अस्पतालमा मृत घोषित भएकी हुन्।

थाइल्यान्डमा राजसंस्थाका बारे प्रश्न उठाउनेलाई १५ वर्षसम्मको जेल सजाय हुनसक्छ। यो कानुन थाइल्यान्डमा तीन वर्ष रोकिएर पास भएको थियो।

प्रगतिशील मुभ फरवार्ड पार्टीका विधायक रुकचानोक श्रीनोकले जेल चलान गरिएका राजसंस्थाको विरुद्धमा आवाज उठाउनेको पक्षमा कानुन नै ल्याउन माग गरेकी छिन्। उनले मृतकप्रति समवेदना व्यक्त गर्दै आवाज उठाएकी हुन्।

थाइल्यान्डमा राजसंस्थाका बारे प्रश्न उठाउनेलाई १५ वर्षसम्मको जेल सजाय हुनसक्छ। यो कानुन थाइल्यान्डमा तीन वर्ष रोकिएर पास भएको थियो।

सन् २०२० मा सो कठोर कानुन पास भएपछि यसको विरुद्धमा व्यापक प्रदर्शन भएको छ। यसरी प्रदर्शन गर्ने धेरै जना गिरफ्तार भएका छन्। यसरी गिरफ्तार भएका हजारौँ मध्यका सयौँलाई लामो समयको जेल चलान गरिएको छ।

राजसंस्थाको आलोचना गर्ने सयौँलाई मुद्दा नचलाएर छानबिन मात्र भनेर नै लामो समय हिरासतमा राखिएको छ। थाइल्यान्डका प्रधानमन्त्री श्रीथा टेभिजमले सो कानुन निर्ममतापूर्वक लागू गर्ने बताएका छन्। त्यहाँको संवैधानिक अदालतले विपक्षी दलमाथि अझ कडा प्रतिबन्धको कुरा गरेको छ। यो कानुन अनुसार विपक्षी दल मुभ फरवार्ड पार्टी नै राज्यले बर्खास्त गर्नसक्ने तथा यसका नेतालाई राजनीतिमा लाग्न बन्देज समेत हुनसक्ने छ।

अहिले थाइल्यान्डको राजसंस्थाको बारेमा आवाज उठाउने धेरैलाई जेल चलान र यातना दिइएपछि अन्तर्राष्ट्रिय निकाय तथा मानव अधिकार सङ्गठनले हिरासतमा नै गएर त्यहाँको अवस्था बुझ्न थालेका छन्। मानव अधिकार उच्च आयोगका प्रतिनिधिले यसमा चासो दिन थालेका छन्।

सन् २०२० मा सो कानुन ल्याएपछि यसको विरोध गरेकै कारण गिरफ्तार भएका दुई सय ७० जना मध्य नेटी पर्न एक जना हुन्। राजसंस्थाको विरुद्धमा त्यहाँका जनतालाई शान्त पूर्वक जागरुप गराउने काममा सक्रिय भएको आरोप उनी माथि थियो।

नेटी पर्न आफू जस्ता धेरैले कानुनी लडाइँ लड्न पाउनुपर्ने मागसहित भोक हडताल बसेकी हुन्। अधिकारीले उनीसँग बारम्बार भेट गरे पनि उनको मागको बारे कुनै चासो देखाएनन्। १ अप्रिलको दिन उनको स्वास्थ्य परीक्षण भएको थियो। त्यस दिन उनी भोक हडतालमा बसेको ६५ दिन भएको थियो।

१० महिना अघि प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा श्रेथाले आफूले कानुनी राज्यको जग बसाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै उनले थाइबासीलाई धेरै अधिकारको प्रत्याभूति गराउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। अहिलेको अनुदार सरकारमा कुनै सुधारको लक्षण देखिएको छैन भने सैन्य शासनको अनुभव गराएको छ।

नेटी पर्नको मृत्यु थाई सरकारको सुधारका लागि एउटा आयाम र बाटो पनि तयार हुनसक्ने छ। यस घटनाले मानव अधिकारवादी सङ्गठनले सरकारलाई सो कानुनको पुनरावलोकन गर्नका लागि दबाब दिने बाटो अझ खुला भएको छ। यसपछि थाई सरकारले शान्त पूर्वक आफ्नो कुरा राख्ने बाटो खुला गर्न पनि सक्ने आङ्कलन केहीको छ।

सन् २०२० मै यो नियम आइसकेपछि विरोध प्रदर्शन भएको थियो। सो प्रदर्शनमा सहभागी भएकामध्ये दुई हजार जनाको हाराहारीमा अभियोग दर्ता नगरेर हिरासतमा राखिएको हो।

अहिले मृत्यु हुने नेटीपर्न अङ्ग्रेजी शिक्षक हुन्। सन् २०२२ को मार्चमा नै सडकमा राजाको सवारी हुँदा भएको ट्राफिक जाम र त्यहाँको नागरिकले पाएको दुखको बारे उनले सार्वजनिक रूपमा नै आवाज उठाएकी थिइन्।

गत वर्ष पनि त्यहाँको कानुनमा सुधारको माग गर्दै दुई जनाले ५० दिन लामो भोक हडताल गरेका थिए। थाइल्यान्डको सरकारी रवैयाको विरोध विभिन्न शैलीमा जारी छ। यसका बाबजुद सरकार कुनै पनि नागरिकको आवाज सुन्ने पक्षमा अझै देखिएको छैन।

एमनेस्टी इन्टरनेसनल थाइल्यान्डका निर्देशक पियानट कोटसनले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले थाई सरकारले शान्त पूर्वक आफ्नो विचार राख्न पनि वञ्चित गरिएको बताए। साथै उनले यो घटनाले सबै मानव अधिकारकर्मी बन्दीको रिहाइको पहल तत्काल आवश्यक भएको प्रतिक्रिया दिएका छन्।

अहिले मृत्यु हुने नेटीपर्न अङ्ग्रेजी शिक्षक हुन्। सन् २०२२ को मार्चमा नै सडकमा राजाको सवारी हुँदा भएको ट्राफिक जाम र त्यहाँको नागरिकले पाएको दुखको बारे उनले सार्वजनिक रूपमा नै आवाज उठाएकी थिइन्।

अपराध संहिताको आर्टिकल ११२ र ११६ को अभियोग उनलाई लगाइएको हो। यसअघि उनी ३ मेदेखि ४ अगस्टको बिचमा हिरासतमा थिइन्। थाइल्यान्डको यो घटनाले मानव अधिकारको सवालमा थुप्रै बहस उत्पन्न गराएको छ। यो घटनापछि मानव अधिकार सङ्गठनको धारण र मुभमेन्ट पनि फरक हुनसक्ने छ।
स्रोत : बिबिसी, टाइम्स म्यागेजिन, ह्युमन राइट र एम्नेस्टी

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ९ : ३८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः