किन गर्ने सूर्य नमस्कार ? गर्नेका लागि फाइदै फाइदा | Khabarhub Khabarhub

किन गर्ने सूर्य नमस्कार ? गर्नेका लागि फाइदै फाइदा


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्यले हामीलाई प्रकाश दिन्छ । सूर्यकै उज्यालोमा हामी दिनमा कार्य गर्छौं । सूर्य अस्ताएपछि रातमा आराम गर्छौं । यो सामान्य कुरा तपाईं हामी सबैले भोग्दै र गर्दै आएका छौँ । तर, सूर्यलाई नमस्कार गर्दा थुप्रै कुराबाट लाभ लिन सकिन्छ भन्ने कुरा चाहिँ तपाईंलाई थाहा नहुन सक्छ । सूर्य नमस्कार एउटा योगासन हो ।

तपाईंलाई यसले निरोगी, तन्दुरुस्त र दिनभर ताजा महसुस गराउने छ । शरीर लचकदार बनाउन पनि सूर्य नमस्कार उपयोगी हुनेछ । यसका लागि सजिलो उपाय हो सूर्य नमस्कार । दिनदिनै हामी कति जनालाई नमस्कार टक्राउँछौँ । कतिको नमस्ते पनि स्विकार गर्छौं । तर, सूर्य नमस्कार एक योगासन हो । यसको विधी अलि भिन्न छ ।

प्राचिन समयदेखि योगबाट मन र शरीरलाई स्वस्थ राखिने अभ्यास भएको पाइन्छ । योगले शरीर र मनलाई स्वस्थ राख्छ । शरीरको अतिरिक्त बिकार हटाउन, मनलाई शान्त तुल्याउन, स्फूर्ति ल्याउन योग अनिवार्य छ । अहिले विश्वभर योगको लहर छ । संसारका मानिसले अहिले स्वास्थ्य समस्या झेलिरहेका छन् । स्वस्थ स्वास्थ्यका लागि मानिसहरु चिन्तित बनिरहेका हुन्छन् । दिनदिनै औषधी सेवन गर्नुपर्ने, अस्पतालको चक्कर लगाउनुपर्ने, उपचार खोज्नुपर्ने बाध्यतामा मानिसहरु गुज्रिरहेका छन् ।

यसरी रोगको संक्रमणले ग्रस्त मानिसलाई त्यसबाट उन्मुक्त भएर स्वस्थ जीवन बाँच्नका लागि योग सर्वोत्तम विकल्प हो । योगको सबैभन्दा प्रशिद्ध आसन हो, सूर्य नमस्कार ।

यसरी हुने रोगमुक्त

सूर्य नमस्कार यस्तो योग हो, जो सजिलो छ । र, अत्यन्तै लाभदायक पनि । बालबच्चादेखि बुढापाकासम्मले यो योगासन अभ्यास गर्न सक्छन् ।

सूर्य नमस्कारमा विभिन्न १२ आसन हुन्छ । यी १२ आसन गर्दा सासको गति नियन्त्रण गर्न सक्नु सर्वोत्तम हुन्छ । सासको गति नियन्त्रणका लागि मन्त्रोच्चारण गरिन्छ । मन्त्रोच्चारणका साथ सूर्य नमस्कार गर्नु शतप्रतिशत फाइदाजनक हुन्छ ।

सूर्य नमस्कार आसनको केही स्वास्थ्यवर्धक लाभ हुन्छ । जस्तो कि यसले रक्त प्रवाह सही ढंगले गराउँछ । पाचन क्रिया चुस्त रहन्छ । तौल नियन्त्रण गर्छ । शरीरमा सकारात्मक उर्जा पनि मिल्छ । एक पटक सूर्य नमस्कार गर्दा १३ दशमलव ९ प्रतिशत क्यालोरी घटाउन सकिन्छ । सूर्य नमस्कार स्वस्थ रहने सबैभन्दा राम्रो विकल्प हो ।

कसरी गर्ने ?

यसका १२ आसन हुन्छ । सबैभन्दा पहिला प्रणायम हुन्छ, जसमा दुबै हात जोडेर सिधा उभिनुपर्छ । अर्थात नमस्कारको मुद्रामा । त्यसपछि आउँछ हसतोत्तानासन । यसमा हातलाई विस्तारै माथि उठाइन्छ । फेरी हस्तपदासन आउँछ, जसमा अगाडि झुकेर उभिनुपर्छ ।

चौथो आसन हो, अश्व संचालासन । यसमा घोडा जस्तै घुँडा र हातले टेकेर बस्नुपर्छ । पाँचौं आसन हो दंदासन । यसपछि अष्टांग नमस्कार । त्यसपछि आउँछ भुजंगासन । यो कुकुरको मुद्रामा मुख घोप्टो बनाएर बस्नुपर्छ । त्यसपछि अश्व संचालासन र फेरी हस्तपादासन, हस्तोत्तानासन र प्राणायाम आउँछ ।

कुन समयमा गर्ने ?

सूर्य नमस्कारको अर्थ हो, सूर्यको शाश्वत अभिभादन गर्नु । यस व्यायमले सूर्यको उर्जा शरीरमा आउँछ । सूर्य नमस्कार भनेको सूर्यको तेजबाट उर्जा लिनु हो, त्यसैले यो आसन सही समयमा गर्नु जरुरी छ ।

योग निर्देशकलाई मान्ने हो भने, योग गर्नु एक कला हो र सूर्य नमस्कार गर्ने उपयुक्त समय प्रातःकाल हो । अर्थात सूर्योदयको समयमा ।

तर, त्यसो भन्दैमा सूर्योदयकै समयमा मात्र गर्नुपर्छ भन्ने चाहि होइन । यसलाई तपाई साँझको समयमा पनि गर्न सक्नुहुन्छ । कतिपय मानिस विहान व्यस्त हुने भएकाले सूर्य नमस्कार गर्न भ्याउँदैनन् । उनीहरुले बिहानको समय सूर्य नमस्कार नगरेपनि दिनभरमा आफ्नो अनुकुलता मिलाएर गर्न सक्छन् । यद्यपी बिहानको समयमा गरिने सूर्य नमस्कार एकदमै प्रभावकारी मानिन्छ ।

यदि तपाईं तौल नियन्त्रण गरेर स्वस्थ रहन चाहनुहुन्छ भने सूर्य नमस्कार तपाईंको लागि सर्वोत्तम छ । सूर्योदयको समय सूर्य नमस्कार गर्नु सबैभन्दा राम्रो हुन्छ । सूर्यलाई हेरेर बिहान खाली पेटमा सूर्य नमस्कार गर्नुपर्छ । सूर्यको किरणले सकारात्मक उर्जा मिल्छ । शरीरलाई पनि फाइदा पुग्छ ।

बिहानको समय शान्त र सौम्य माहौल हुन्छ । र, दिनको सुरुवातमा यो आसन गर्दा ताजगी महसुस हुन्छ । त्यसैले घरबाट बाहिर खुला हावामा सूर्य नमस्कार गर्नु बढी फाइदाजनक हुन्छ । सूर्य नमस्कार गर्ने स्थान खुला एवं हावा आउजाउ गर्न सक्ने हुनुपर्छ ।

सूर्य नमस्कार धिमा गतिमा गर्नुपर्छ । र, आफ्नो मुद्रालाई तन्दुरुस्त राख्ने प्रयास गरौं । यसका साथै सूर्य नमस्कारको १२ मुद्रा गर्नु लाभदायक हुन्छ । सूर्य नमस्कारभन्दा अघि वार्मअप गर्नु राम्रो हो । यसले शरीरलाई थप लचिलो बनाउँछ ।

गर्भवती, हर्नियाका रोगी, उच्च रक्तचापले ग्रस्त, कम्मरको दुखाई भएका र महिनावारी भएकाले सूर्य नमस्कार गर्नु हुँदैन । यदि गर्नैपरे, चिकित्सकको सल्लाह लिनुपर्छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ११ : ५८ बजे

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने