एमाले संसदीय दलको बैठकमा शंकर पोखरेल र युवराज खतिवडा पनि « Khabarhub

एमाले संसदीय दलको बैठकमा शंकर पोखरेल र युवराज खतिवडा पनि


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक अहिले संसद् भवन नयाँबानेश्वरमा बसिरहेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा उठाएको विषयमा छलफल चरिरहेको छ ।

यो बैठकमा एमालेले महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई पनि सहभागी गराएको छ। उनीहरू दुवैजना संघीय सांसदको भूमिकामा छैनन् ।

एमालेले यी दुवैजनालाई आगामी बजेट निर्माण र कांग्रेसले संसद्‍मा गरिरहेको अवरोधबारे छलफलका लागि सहभागी गराएको हो । खतिवडा एमालेका अर्थविज्ञ हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १६ गते ल्याउँदैछ । त्यसअघि मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम पेश भएको छ ।

तर उक्त नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण संसद्‍मा टेबल हुन सकेको छैन ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति मागेकोबारे पनि बैठकमा कुरा हुँदैछ ।

सरकारले पेस गरेको नीति तथा कार्यक्रममा प्रभावकारी बनाउन पनि सांसदहरुले धारणा राख्दैछन् ।

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १ : ५९ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि