बुढीखोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत | Khabarhub Khabarhub

बुढीखोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग छ करोडमा ठेक्का सम्झौता भएको जानकारी दिए। गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो । 

सम्झौताअनुसार सडकमाथिको भाग कटान गर्ने र तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुनेगरि निर्माण गरिने इन्जिनीयर सिग्देल बताए। 

हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायीरूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । 

राजमार्गको भ्यागुतेपानी, बूढीतोलालगायतका क्षेत्रमा वर्षातका बेला पटक–पटक पहिरो जाने गरेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा हरेक वर्ष समस्या हुने गरेको छ । 

सोही सडकखण्डको भ्यागुतेपानीमा एक सय ५० मिटर सडक कालोपत्रका लागि ४० लाखमा ठेक्का सम्झौता भइसकेको छ । 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  २ : ०२ बजे

प्रधानमन्त्री भन्छन्- हामीलाई कसैको अनावश्यक विरोधसँग मतलब छैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं– गर्मी मौसम सुरु हुँदै गर्दा एलजीले ‘नि:शुल्क एसी सर्भिस र

एकै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौँ : अर्थमन्त्री

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय

अमेरिकामा दादुराको प्रकोप बढ्दो

एजेन्सी – अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले