सुदूरपश्चिममा एमालेले सोडारीलाई समर्थन गर्ने तर सरकारमा नजाने « Khabarhub

सुदूरपश्चिममा एमालेले सोडारीलाई समर्थन गर्ने तर सरकारमा नजाने


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई विश्वासको मत दिने भएको  छ । 

सोडारीले बिहिबार विश्वासको मत लिने कार्यक्रम छ । उनलाई एमालेले समर्थन मात्र गर्ने तर प्रदेश सरकारमा सहभागी नहुने बताएको छ । 

यसबारे सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘हामीले संसदीय दलको बैठक राखेर अहिले सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौँ । सरकारमा सहभागी हुने-नहुने विषय उठेको छैन ।’ 

उनका अनुसार विकसित घटनाक्रमलाई हेरेर मात्र एमाले सरकारमा सहभागी हुने भएको छ । 

वैशाखको अन्तिम साता दुई पटक विश्वासको मत लिन लागेका सोडारीलाई एमालेले दुई पटक नै दिएको थिएन । 

बझाङ उपनिर्वाचनमा विजयी भएका दामोदर भण्डारीको बुबाको काज किरियालाई देखाएर एमालेले हलो अड्काएको थियो । 

कोशीमा एकीकृत समाजवादीले एमालेका हिक्मत कार्कीलाई विश्वासको मत दिएपछि एमालेले सुदूरपश्चिममा पनि समाजवादीलाई गुन तिर्न लागेको हो ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ३ : ०६ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले