भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार « Khabarhub

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

भारत– भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात जनालाई निम का थाना जिल्लामा उद्धार गरिएको एक अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार बुधबार बिहान तीन जनालाई उद्धार गरिएको थियो भने हालसम्म उद्धार गरिएमा व्यक्तिको सङ्ख्या १० पुगेको छ । यसैगरी खानीमा फसेका बाँकीलाई निकाल्ने प्रयास भइरहेको छ ।

“घटनास्थलबाट १० जनाको उद्धार गरिएको छ, पहिलो स्लटमा तीन जनालाई खानीबाट बाहिर निकालिएको छ, पाँच जनाको उद्धार गरिएको छ, दोस्रो र तेस्रो स्लटमा थप दुई जनालाई बाहिर निकालिएको छ”, निम का थानाका प्रहरी उपरीक्षक प्रवीण नायकले भने।

झुनझुनु सरकारी अस्पतालका डा प्रवीण शर्माले सबै मानिस सुरक्षित रहेको जानकारी दिए। उनका अनुसार तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई जयपुर पठाइएको छ । केही घाइतेको हात र केहीको खुट्टा भाँच्चिएको छ ।

कोलिहान खानीमा लिफ्ट खसेपछि कम्तीमा १४ जना खानीभित्र फसेका छन् । घटना मंगलबार राति निम का थाना जिल्लामा हिन्दुस्तान कपर लिमिटेडको तामाखानीमा भएको हो । 

लिफ्टमा कोलकाताको सतर्कता टोली र खानीका अधिकारीहरू पनि  थिए । लिफ्ट खानीभित्र एक हजार आठ सय फिटभन्दा तल खसेको अनुमान गरिएको छ । लिफ्टलाई समर्थन गर्ने डोरी चुँडिएका कारण यो घटना भएको हो ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ५ : ११ बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत