श्रीलंकाले पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने « Khabarhub

श्रीलंकाले पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कोलम्बोश्रीलंकाले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम एसोसिएसन (आइओआरए) व्यापार मञ्चको अध्यक्षतामा पहिलो व्यापार सम्मेलन आयोजना गर्ने विदेश मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत बताएको छ ।

उक्त सम्मेलन सिलोन चेम्बर अफ कमर्ससँगको सहकार्यमा हुने मन्त्रालयले जनाएको छ । ‘सस्टेनिङ ग्रोथ–ब्रिजिङ होराइजन्स’ नामक बिजनेश कन्क्लेभले स्मार्ट कृषि, सूचना तथा सञ्चार प्रविधि (आइसिटी), रसद, पर्यटन, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्यम (एसएमई) विकास र महिला सशक्तीकरणका क्षेत्रमा केन्द्रित हुने बताएको छ । 

मन्त्रालयले यो कार्यक्रममा उद्योगका नेताहरूलाई आइओआरएका सदस्य राष्ट्रहरूमा बलियो आर्थिक साझेदारी र जडानहरू स्थापना गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरेको छ ।   

सम्मेलनमा सहभागीहरूले २३ आइओआरए देश र १२ संवाद साझेदार देशका आफ्ना समकक्षीहरूसँग तालमेल निर्माण गर्न विविध व्यापार र लगानीको सम्भावनाहरूमा बढी एक्सपोजर प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसको प्रतिनिधित्व व्यापार प्रतिनिधिमण्डलले गर्ने मन्त्रालयले बताएको छ । 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ५ : ४७ बजे

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक