आज २०८१ साल असार १ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल असार १ गते शनिबारको राशिफल


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १ गते शनिबार तदनुसार सन् २०२४ जुन १५ तारिख। जेठ शुक्ल पक्षको नवमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : अचानक स्वास्थ्यमा समस्य हुनसक्छ। सामाजिक क्षेत्रमा झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह जगाउने छ। व्यापारमा फाइदा हुनेछ।

वृष : तपाईंको बोलीको प्रभावले समाजमा राम्रो काम बन्नेछ। परोपकारमा समय धेरै बित्ने योग छ। अधुरो काम बन्नेछ। अपरिचित मानिसले सहयोग गर्नेदिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। व्यापारमा उन्नति हुनेछ। श्रमको सम्मान हुनेछ। श्रम अनुसारको पारिश्रमिक प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्ने जोखिम देखिन्छ।

कर्कट : संघर्ष गरेर अगाडि बढ्ने समय छ। प्रतिस्पर्धी साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दिन रमाइलो ढंगले बित्नेछ। मन खुशी हुनेछ। लामो समय रोकिएको काम अगाडि बढ्नेछ। नयाँ ठाउँको यात्रा हुनेछ। परिवारलाई विश्वास गरेमा ठुलो धोका हुनसक्छ।

कन्या : यात्रा रमाइलो हुनेछ। धेरै मानिसले तपाईंको प्रशंसा गर्नेछन्। कृषि र पशुपन्छीको क्षेत्रमो गरेको लगानीबाट लाभ हुनेछ। परिवारको सहयोग मिल्नेछ। अप्ठेरो परिस्थितिमा साथीले साथ दिनेछन्।

तुला : शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको श्रमबाट राम्रो आम्दानी हुनेछ। सामाजिक काममा सक्रिय हुँदा निजी काममा अवरोध हुनेछ। परिवारलाई समय दिनु फाइदा हुनेछ।

वृश्चिक : प्रविधिको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। साथीसँगको भेटले दिन रमाइलो बन्नेछ। स्वास्थ्यको ख्याल नगरी खानपानमा सक्रिय हुँदा पुरानो रोगले सताउने जोखिम हुन्छ।

धनु : कर्मको फल प्राप्त हुनेछ। शिक्षाको मूल्यांकन हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

मकर : नयाँ ठाउँको यात्राको अवसर प्राप्त हुनेछ। यात्राले मन उत्साहित हुनेछ। परिवारसँगको संवादमा तपाईं सफल बन्ने योग छ। सामाजिक क्षेत्रमा सक्रिय हुन प्रेरणा मिल्नेछ। राजनीतिमा भने पुरानो चोटले सताउने दिन छ।

कुम्भ : विर्षने बानीले महत्त्वपूर्ण कुरा गुमाउनुपर्ने हुनसक्छ। मिल्ने साथीले विपक्षीलाई साथ दिने जोखिम देखिन्छ। सामाजिक क्षेत्रमा भने तपाईंको नाम र दाम प्राप्त हुनेछ। परिवारबाट भने रचनात्मक सहयोग मिल्नेछ।

मीन : खर्च बढ्नेछ। लगानीका क्षेत्र विवादित हुनेछन्। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। परिवारमा विवाद हुने भएकाले धेरै नबोल्नु राम्रो हुन्छ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : १५ बजे

अर्थसंक्षेप : ग्यास उद्योगीको आन्दोलन फिर्ता, शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहमति गर्दै ग्यास उद्योगीले

कांग्रेसमा खुम्चिँदै ‘विरासतको राजनीति’

काठमाडौं– नेपाली कांग्रेसमा विश्‍वेश्‍वरप्रसाद कोइराला (बीपी), महेन्द्रनारायण निधि, गणेशमान सिंह

अलैँची महासंघको उद्योग तथा कृषिमन्त्रीसँग भेट : समस्या समाधान गर्ने दुवै मन्त्रीको प्रतिबद्धता

काठमाडौं– नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह फागुन २३ गते 

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह आगामी फागुन २३

प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा