सातौ ओभरको समाप्तिमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ४० रन बनायो | Khabarhub Khabarhub

सातौ ओभरको समाप्तिमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ४० रन बनायो


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। सातौ ओभरको समाप्तिमा नेपालले एउटा मात्र सफलता पाएको छ।

विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिणको पहिलो विकेट नेपालका दीपेन्द्रसिंह ऐरीले लिए। उनले चौथो ओभरमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककलाई ११ बलमा १० रन बनाउँदा आउट गरेका हुन्।

अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए। दोस्रो ओभर बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले ६ रन दिए। दक्षिण अफ्रिकाले दोस्रो ओभरको समाप्तिमा १० रन जोड्यो। तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपाल कामीले ५ रन दिए। चौथो ओभरमा नेपालका लागि दीपेन्द्र ऐरीले एक विकेट लिएर ६ रन दिए।

पाँचौ ओभरको बलिङ करण केसीले गर्दा ९ रन दिए। पाँचौं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा ३१ रन बनायो। छैटौं ओभरमा कुशल मल्लले बलिङ गरे। उनले ९ रन दिए।
सातौ ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले दुई रन दिए। सातौं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले नेपालविरुद्ध एक विकेट गुमाएर ४० रन बनायो।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ४९ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा