सातौ ओभरको समाप्तिमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ४० रन बनायो « Khabarhub

सातौ ओभरको समाप्तिमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ४० रन बनायो


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। सातौ ओभरको समाप्तिमा नेपालले एउटा मात्र सफलता पाएको छ।

विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिणको पहिलो विकेट नेपालका दीपेन्द्रसिंह ऐरीले लिए। उनले चौथो ओभरमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककलाई ११ बलमा १० रन बनाउँदा आउट गरेका हुन्।

अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए। दोस्रो ओभर बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले ६ रन दिए। दक्षिण अफ्रिकाले दोस्रो ओभरको समाप्तिमा १० रन जोड्यो। तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपाल कामीले ५ रन दिए। चौथो ओभरमा नेपालका लागि दीपेन्द्र ऐरीले एक विकेट लिएर ६ रन दिए।

पाँचौ ओभरको बलिङ करण केसीले गर्दा ९ रन दिए। पाँचौं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा ३१ रन बनायो। छैटौं ओभरमा कुशल मल्लले बलिङ गरे। उनले ९ रन दिए।
सातौ ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले दुई रन दिए। सातौं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले नेपालविरुद्ध एक विकेट गुमाएर ४० रन बनायो।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ४९ बजे

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

बाँके– बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन