सनसनीपूर्ण खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित « Khabarhub

सनसनीपूर्ण खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरेका हुन् । अनिल शाहले २७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे ।

कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमेको हो ।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १९ रन दिएर चार विकेट लिए । एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको  दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले मात्र १९ रन दिएर चार विकेट हात पारे। अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए।

समूह ‘डी’को दक्षिण अफ्रिका नेपालसँगको खेल अगाडि नै विश्वकपको सुपर ८ पुगिसकेको छ । चारमा चार जित निकाल्दै आठ अंकका साथ दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ३७ बजे

प्रचण्डसँग ओलीले भने : नयाँहरूले देशलाई संकटमा लाँदैछन्, नयाँ शिराबाट मिलेर अघि बढ्नुपर्ने भयो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट

‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमा) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको

हत्या गरिएका वनपालेको टाउको भेटियो 

बरहथवा– सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको

साताको पहिलो दिन १० अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले

रञ्जु दर्शनासहित सात नेता बने रास्वपा केन्द्रीय समिति सदस्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा