प्रदेश सरकार अदालतले चलाए, संविधानमा संशोधन गरौँ : गगन थापा  | Khabarhub Khabarhub

प्रदेश सरकार अदालतले चलाए, संविधानमा संशोधन गरौँ : गगन थापा 


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा २५ मन्त्री मात्र रहन व्यवस्था नभएको भए प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने तर्क गरेका छन्।  

उनले प्रदेश सरकार पनि अदालतले चलाएको बताउँदै संविधानमा संशोधन गर्नुपर्ने दाबी गरे । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने समेत धारणा राखे ।

उनले भने, ‘संघ र प्रदेशको संसद्को साइज घटाउनुपर्‍यो। संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०-१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौँ। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्।संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्‍यो। प्रदेश र संघलाई मिलाउनुपर्‍यो।’

प्रदेश सरकार अदालतले चलाएको दाबी गर्दै उनले भने, ‘प्रदेश अहिले अदालतले चलाएको छ। प्रदेशका सबै मुख्यमन्त्री अहिले अदालतमा भेटिन्छन्।  प्रदेशका सन्दर्भमा संविधानमा लेखेको कतिपय कुराहरू मिलाउन संशोधन गरौँ । त्यसलाई लागि हामीले एमालेसँग सल्लाह गरौँ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  २ : ४८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास