पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निर्णय « Khabarhub

पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निर्णय


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी  प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्री परिषदको बैठकले पहिरो पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो ।

यस्तै मन्त्री परिषदको बैठकले असार २ गते धिमाल जातिका लागि बिदा दिने निर्णय गरेको छ । धिमाल जातिको प्रमुख पर्व जातिरीसिरिजातको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिालबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१-०८२–२०८५-०८६ ) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ।

अधिकारीले प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१-०८२ का् बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए । 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ३ : ४५ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य