मोदी र मेलोनीको सेल्फी पुन:  भाइरल | Khabarhub Khabarhub

मोदी र मेलोनीको सेल्फी पुन:  भाइरल


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ ।

इटालीमा जी ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो ।

 यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए । यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीले लिएको सेल्फी भाइरल भएको छ । मोदी र मेलोनीलाई सामाजिक सञ्जालमा ‘मेलोडी’ उपनाम दिइएको छ र यस सेल्फीलाई मेलोडी सेल्फी २.० भनिएको छ ।

यस अघि कोप २८ समिटमा लिइएको मोदी र मेलोनीको सेल्फी पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो र लाखौं मेम्स बनाइएको थियो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ०७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका