काठमाडौं- शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्न ‘कनेक्टिङ कर्णाली’ अभियानको फोटो प्रदर्शनी आजबाट सुरु भएको छ । कार्यक्रमको उद्घाटन नवीन शाहीले गरेका छन् ।
काठमाडौं नयाँ बानेश्वरस्थित एन बि सेन्टरको उमोजो क्याफेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राउटे युवा शाहीले भने ‘राउटे समुदाय संकटमा रहेको, विभिन्न समस्याहरू झेल्न परेको बताए ।
समयमै समस्या समाधान नहुदा राउटे समुदायमा समस्या चुलिँदै गएको शाहीले बताएका थिए ।
कनेक्टिङ कर्णाली अभियानले कर्णालीका १० वटै जिल्लाहरूलाई समेट्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । अभियानको सुरुवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुवात गरिएको छ । ३ दिन सम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडियोहरु प्रदर्शन गरिएको छ ।
साथै कर्णालीको उत्पादनसँग सम्बन्धी मार्सीचामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा अधिकांश तस्बिर आयोजक र बिशाल सुनारले कैद गरेका छन् भने एक वटा तस्बिर हरिहरसिंह राठोर खिचेका छन् भने प्रदर्शन गरिएका पाँच वटै छोटो भिडियोहरु बिशाल सुनारले तयार गरेको हुन् । भिडियोहरुमा दैलेखको सस्कृति,सम्पदा,प्रकृति,सावर र पेट्रोलियम पदार्थ अन्वेषणसंग सम्वन्धित भिडियोहरु राखिएको छ ।
मनघरी फाउन्डेशनको आयोजना तथा सोसेक नेपाल,दैलेखी सेवा समाजको प्रवद्र्धनमा आयोजना गरिएको हो ।
प्रतिक्रिया