उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटनामा १० को मृत्यु « Khabarhub

उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटनामा १० को मृत्यु


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

रुद्रप्रयाग – उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार टेम्पो ट्र्याभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

राज्य विपद् प्रतिक्रिया बल ९एसडिआरएफ० र प्रहरी अधिकारीहरू तुरुन्तै उद्धार कार्यका लागि घटनास्थलमा पुगेका थिए । घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै गम्भीर घाइते यात्रुहरूलाई एम्स ऋषिकेशमा हेलिकोप्टरमार्फत लगिएको र राम्रो उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए ।

नोएडाबाट रुद्रप्रयाग जाँदै गरेको बस एक सय ५० मिटर गहिरो खाडलमा खसेको थियो । घटनाको छानबिनका लागि मजिस्ट्रेटलाई आदेश दिइएको छ ।

गढवाल आइजी केएस नागन्यालले एएनआईलाई भने, ‘स्थानीय प्रशासन, बासिन्दा र एसडिआरएफ उद्धार र राहत कार्यमा संलग्न छन् । यात्रा गर्ने पर्यटकको सङ्ख्या अझै स्पष्ट भइसकेको छैन । हामीले आठ जनाको शव निकालेका छौँ र नौ जनालाई अस्पताल लगिएको छ । चालकलाई गहिरो चोट पनि लागेको छ ।’

उद्धार कार्य पूरा भएपछि मात्र यात्रुको पूर्ण विवरण आउन सक्ने उनले बताए ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : २० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल